Saturday 5th September 2026

अमेरिकामा आँधीका कारण दुई हजारभन्दा बढी उडान रद्द, दुई हजार चार सय भन्दा बढी उडानमा ढिलाई


एजेन्सि-अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेका छन् । विमानस्थल प्रशासनले दिएको विवरण अनुसार आँधीका कारण अहिलेसम्म दुई हजार भन्दा बढी उडानहरू रद्द भएका छन् भने दुई हजारभन्दा बढी उडान ढिलो भएका छन् ।
सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब ४० प्रतिशत प्रस्थान रद्द भएका छन् भने शिकागो मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० प्रतिशत आवागमन रद्द गरिएको छ ।
त्यस्तै, डेनभर इन्टरनेसनल र मिल्वौकी मिचेल इन्टरनेसनल पनि प्रभावित भएका छन् । सीएनएनका अनुसार ७३७ म्याक्स ९ विमान ग्राउन्डेड भएका कारण रद्द हुनुले पनि यो सङ्ख्यामा वृद्धि भएको हुनसक्छ ।

एफएले अनिवार्य गरेको ग्राउन्डिङका कारण यस साता युनाइटेड र अलास्का एयरलाइन्सका २०० भन्दा बढी उडान रद्द भएका छन् । एफएए र बोइङले अझै पनि निरीक्षण प्रोटोकलमा सम्झौता गर्ने प्रयास गरिरहेका छन् जसले ती विमानहरूलाई उडान सुरु गर्न अनुमति दिन्छ । यसबाहेक अमेरिकाका अन्य क्षेत्रमा हुने हवाइ आवागमनमा पनि आँधीको प्रभाव देखिएको छ । अधिकांश उडान रद्द हुनुलाई अत्यधिक जाडो र आँधीको कारण भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले शुक्रबार युक्रेनको राजधानी किएभस्थित युक्रेनको सुरक्षा सेवा (SBU) को प्रधान कार्यालयमा ड्रोन आक्रमण गरेको छ। साढे चार वर्षदेखि जारी…

जन-जागृति युवा समाज कुवेतले नेपालमा हालै आएको विनाशकारी विपत्तिबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।…

प्रतिकृयाहरू
...