Friday 23rd October 2026

इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु


एजेन्सि- गाजा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ ।

बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ ।

उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ ।

भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ। धेरै मानिसहरुआक्रमणमा परि कयौं घाइते भएका छन् ।

इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ ।

गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

५० हजारभन्दा बढी घाइते भएका छन् । यी संख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन्। गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ । गाजाका करिब २३ लाख जनसंख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ । यो लडाई इजरायलमा अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको हो । यस हमलामा करिब १२०० जनाको मृत्यु भएको थियो । त्यसयता इजरायलले गाजा पट्टीमा लगातार बम वर्षा गरिरहेको छ। इजरायलले हमासलाई लक्षित गरी हमला गरिरहेको र यसलाई पूर्ण रूपमा ध्वस्त गरेर मात्र युद्ध रोक्ने बताएको छ। अर्कोतर्फ, हमासले इजरायलले गाजाका आवासीय भवन, विद्यालय र अस्पताललाई लगातार निशाना बनाएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...