Friday 23rd October 2026

तपस्वी बम्जनको घरमा तीन करोड र लाखौं विदेशी डलर


विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरमा तीन करोड र लाखौं विदेशी मुदा फेला परेको छ ।

मंगलबार राति बुढानीलकण्ठको हात्तीगौँडास्थित घरबाटै पक्राउ परेका बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख र विदेशी मुद्रा फेला पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

‘बम्जनको घरबाट बरामद नेपाली रुपैयाँ गनेर सकियो। तीन करोड ३० लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ।

डलरलगायत अरू पनि करेन्सी छन्, १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छु’ सीबीआई प्रमुख किरण ब्रजाचार्यले भनिन्। तपस्वीको घरबाट करोडौं रुपैयाँ फेला पर्नुलाई आश्चर्य मानिएको छ ।

बम्जनविरुद्ध अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र ज्यान मार्ने कसुरको अभियोग छ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो। उनको बारा, सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकमा आश्रम छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...