Sunday 26th July 2026

राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरुको उमेदवारी दर्ता


माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सोमबार सातै प्रदेशमा रहेका प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारहरुको उमेदवारी दर्ता भएको छ । १९ जना सदस्यको निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरि संयुक्त उमेदवारी दिएका छन् भने एमालेले एकल उमेदवारी दिएको छ ।
निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिटमा उमेदवारी दिएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उमेदवारी दिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला ,आनन्दप्रसाद ढुंगाना ,विष्णुदेवी पुडासैनी ,जीतजंग बस्नेत ,कृष्ण रोकाया, नारायण दत्त भटट , बलदेव बोहरा , पदमबहादुर परियार, किरणबाबु श्रेष्ठले ,विष्णुदेवी सापकोटाले उमेदवारी दिएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रले चम्पादेवी कार्की ,श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णु विक, झक्कु सुवेदी र रेणु चन्दलाई उम्मेदवार बनाएको छ । यसैगरी नेकपा एककिकृत समाजवादीले पाएको दुई सिटमा घनश्याम रिजाल र सावित्री मल्ललाई उम्मेदवार बनाएको छ । भने जनता समाजवादी पार्टी (जसपा) नेपालले पूजा चौधरीलाई उम्मेदवार बनाएको छ ।

यता प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभाको निर्वाचनमा १९ वटै पदमा उम्मेदवार उठाएको छ ।
एमालेले रुक्मिणी कोइराला, पर्शुराम अधिकारी, उषादेवी थरुनी, विजय झा रोचकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा, ध्रुवराज विश्वकर्मा,सम्झना देवकोटा, चक्रबहादुर पराजुली ,हेमन्द्र शेरचन , तुलसाकुमारी केसी, झपेन्द्रबहादुर घर्ती क्षेत्री ,विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट, हिक्मत विक , सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा ९ उम्मेदवार उठाएको छ। राप्रपाबाट उद्धव पौडेल ,हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गौमाया श्रेष्ठ , रोमबहादुर भण्डारी , निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...