Friday 27th March 2026

सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजद्धारा स्वास्थ्य उपकरण हस्तान्तरण


सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ ।
“अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा विभिन्न दाताले दिएको सहयेगबाट स्वास्थ्य सामाग्रीहरु ख़रीद गरि उपलब्ध गराइएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजका महासचिव उत्सव खड्काले जानकारी दिए ।

जिल्लाको बलेफि ५ मा रहेको बलेफि मा. वि. को ७५ औ अभिभावक दिवसको अबसर पारेर आयोजित कार्यक्रममा सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतबाट बलेफि ४,५,६,७,८ का वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपकरण प्रदान गर्दै अभियानको सुरुवात गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजका उपाध्यक्ष माधव पौडेलले बताए ।

आवश्यकतालाई हेरी स्थानीय निकायहरु र स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मीहरुसंग समन्वय गर्दै समाजले चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका,सुनकोसी, भोटेकोसी, बलेफी गाउँपालिकाका विभिन्न वडाहरुमा गई महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रेसर नाप्ने उपकरण वितरण गरेको हो ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...