Thursday 15th January 2026

सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजद्धारा स्वास्थ्य उपकरण हस्तान्तरण


सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ ।
“अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा विभिन्न दाताले दिएको सहयेगबाट स्वास्थ्य सामाग्रीहरु ख़रीद गरि उपलब्ध गराइएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजका महासचिव उत्सव खड्काले जानकारी दिए ।

जिल्लाको बलेफि ५ मा रहेको बलेफि मा. वि. को ७५ औ अभिभावक दिवसको अबसर पारेर आयोजित कार्यक्रममा सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतबाट बलेफि ४,५,६,७,८ का वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपकरण प्रदान गर्दै अभियानको सुरुवात गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजका उपाध्यक्ष माधव पौडेलले बताए ।

आवश्यकतालाई हेरी स्थानीय निकायहरु र स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मीहरुसंग समन्वय गर्दै समाजले चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका,सुनकोसी, भोटेकोसी, बलेफी गाउँपालिकाका विभिन्न वडाहरुमा गई महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रेसर नाप्ने उपकरण वितरण गरेको हो ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...