Friday 30th October 2026

दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीत “अधुरो सपना-२” सार्वजनिक


गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ अत्याधिक सफलता पछी “अधुरो सपना-२” बोलको गीतको भिडियो रिलिज भएको हो ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ । अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको “अधुरो सपना-२” बोलको गीतको भिडियो देख्न सकिन्छ ।

यस गीतको निर्माता कुशल गुरुङ हुन् । दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन् । उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन बिकाश दाहालले गरेका हुन् । हेर्नुहोस् यो मर्मस्पर्शी गीतको भिडियो


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...