Sunday 4th October 2026

पुष्कर अथक रेग्मीको समसामयिक गजल


एकजोर कपडा किन्दिनु न काकु
आमालाई नै अब रिन्दिनु न काकु ।।

बेसहारा भाइकै भरोसा पो भयो
पारिवारिक आशा बिन्दिनु न काकु ।।

शिक्षित सभ्य असल नारी बनाइ
प्रिय बैनीको बिहे छिन्दिनु न काकु ।।

रोटी माग्दा ज्यान लिने सरकारको
राजीनामा मागेर हिन्दिनु न काकु ।।

स्वर्ग नर्क जहाँ भेट्छु म छाड्ने छैन
हत्याराको नाइके चिन्दिनु न काकु ।।

-पुष्कर अथक रेग्मी
पाल्पा


सम्बन्धित शीर्षकहरु

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

प्रतिकृयाहरू
...