Saturday 24th October 2026

दीक्षान्त समारोहमा त्रिविको कीर्तिमान


त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड कायम गरेको छ। एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिइएको हो।
यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। आज त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ।

‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसाललाई विश्वरेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ।
आजको दीक्षान्त समारोह अवलोकन गर्न ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधि नेपाल आएका थिए।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...