Thursday 22nd January 2026

प्रवासीहरुका लागि चालक अनुमती पत्र डिजिटल मात्र


कुवेत, आन्तरिक मन्त्रालयले डिसेम्बर १०, २०२३ देखि विदेशीहरूको लागि भौतिक ड्राइभर इजाजतपत्र जारी गर्न बन्द गर्ने घोषणा गरेको छ । उनीहरुले ड्राईभिंग गर्दा आफ्नै देशको लाईसेन्स बोक्न पर्ने छ । तिनलाई कुवेतले आधिकारीक अनुमती दिए नदिएको भने मोवाईल आईडीको एपमा उल्लेख हुनेछ । प्राप्त सूचना अनुसार उनीहरुलाई कुवेतमा अनुमती भएको अवस्थामा हरियो रङले इजाजतपत्र मान्य छ भनेर बुझाउँछ भने रातो रङले अमान्य छ भनेर बुझाउँछ।

मोवाईल एप्स मार्फत प्राप्त लाईसेन्सको अवधी १ वर्षको हुनेछ र उनीहरुले सहेल एप वा मन्त्रालयको वेबसाइट मार्फत नवीकरण गर्न सक्नेछन । भिषा २० भएका पारिवारिक चालकहरू र अन्तर्राष्ट्रिय कार्गो ट्रक चालकहरूलाई कुनै भौतिक इजाजतपत्र शर्तबाट छुट दिइएको छ, मन्त्रालयले भन्यो।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...