Friday 3rd May 2024

बागलुङकी मृगौला पीडित पुनिकला घर्तीको बचाउ अभियान शुरु


तितोपाटी-बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन ।

बागलुङ जिल्ला निसिखोला गाउँपालिका निवासी दिल बहादुर घर्तिको छोरी २३ वर्षीय पुनिकला घर्ती दुवै मृगौला पीडित भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लामोदेखी उपचाररत छिन । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र बुवाको समेत मृत्यु भएका कारण थप उचारका लागि समस्या परेको छ ।

मृगौला प्रत्यारोपणका लागि ठुलो धनरासीको आवश्यक परेको र परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा समस्या परेको छ । मृगौला पीडित पुनिकला पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोश्रो वर्षमा अध्ययनरत छिन । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई ‘पुनिकला घर्ति बचाउ अभियान’ मा सक्दो सहयोग गरि उनको जिवन रक्षाका लागि कुवेतको नेपाली समाजको चिरपरिचित समाजसेवी राम बस्नेतले आर्थिक सहयोगका लागि अपिल गरेका छन । कुवेतबाट पुनिकलालाई सहयोग गर्न चाहाने ईच्छुक ब्याक्ति संघ सस्थाले राम बस्नेतलाई सम्पर्क 55728575 गर्न सकिनेछ।

साथै पुनिकला घर्तिलाई नयाँ जीवन दिन तलको विवरण अनुसार सहयोग गर्न सकिने बताइएको छ ।
आर्थिक सहयोगका लागि सम्पर्कः
China Gharti
Prabhu Bank
A/C : 1430141663700018
Esewa: 9805248408
QR Code :


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...