Sunday 15th March 2026

बागलुङकी मृगौला पीडित पुनिकला घर्तीको बचाउ अभियान शुरु


तितोपाटी-बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन ।

बागलुङ जिल्ला निसिखोला गाउँपालिका निवासी दिल बहादुर घर्तिको छोरी २३ वर्षीय पुनिकला घर्ती दुवै मृगौला पीडित भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लामोदेखी उपचाररत छिन । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र बुवाको समेत मृत्यु भएका कारण थप उचारका लागि समस्या परेको छ ।

मृगौला प्रत्यारोपणका लागि ठुलो धनरासीको आवश्यक परेको र परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा समस्या परेको छ । मृगौला पीडित पुनिकला पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोश्रो वर्षमा अध्ययनरत छिन । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई ‘पुनिकला घर्ति बचाउ अभियान’ मा सक्दो सहयोग गरि उनको जिवन रक्षाका लागि कुवेतको नेपाली समाजको चिरपरिचित समाजसेवी राम बस्नेतले आर्थिक सहयोगका लागि अपिल गरेका छन । कुवेतबाट पुनिकलालाई सहयोग गर्न चाहाने ईच्छुक ब्याक्ति संघ सस्थाले राम बस्नेतलाई सम्पर्क 55728575 गर्न सकिनेछ।

साथै पुनिकला घर्तिलाई नयाँ जीवन दिन तलको विवरण अनुसार सहयोग गर्न सकिने बताइएको छ ।
आर्थिक सहयोगका लागि सम्पर्कः
China Gharti
Prabhu Bank
A/C : 1430141663700018
Esewa: 9805248408
QR Code :


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...