Tuesday 29th September 2026

दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन


तितोपाटी-भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । आज बिहानैबाट प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।

स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको छ भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...