Wednesday 7th October 2026

अमेरिकाको अध्यागमन हिरासतमा नेपालीको मृत्यु


 

तितोपाटी-अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् ।

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।

उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई  अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।

सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् । नगर प्रमुख बस्नेतले मृत्युको खबर पाए लगतै शव स्वदेश झिकाउने तयारी भइरहेको बताए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...