Monday 29th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : सयौँ भाग (१००)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०६/२२
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : खुला विषय वस्तु, मनले खाएको विषयमा पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
रक्सी माथि सुर्ती हाली गनाएका रहेछन्
खाएको मात्र होइन खनाएका रहेछन्
भन्थे भन्नेहरूले विश्वास गरिन मैले
मेरो नेत्र माथि छारो बनाएका रहेछन्
साँचो रूप धमिराले जनाएका रहेछन् ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

प्राकृतिक विपत्ति त कहिले पूर्व पश्चिम कहिले छ
बाढी पहिरो भुकम्प अन्य एक पछि अर्को जहिले छ
पृथ्वी धरा एशियाको भाग दक्षिणी एक मुलुक तिमी
नेपालीलाई चिनाउने सगरमाथासँगै पहिले छ
भन्छन् गौरवान्वित दिनुपर्ने अझै बाँकी पो महिले छ ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग ३

बिदेश गएका युवामा डर बनेको छ
मन मष्तिकमा डरको घर बनेको छ
इजराइलमा भयभित नै भए युवा
बारूदको तुंवालोमा सहर बनेको छ
काल देखेर पनि बांच्ने कर बनेको छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पघ्चाङ्ग ४

इजरायलमा युध्द चलेको छ
सिक्न गएको मान्छे जलेको छ
नेपाल आमा रुँदै छिन् अहिले
शोकमा परि ज्यान गलेको छ
विदेशीले अहिले छलेको छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५
समयसँग बेवास्ता गरेर हिँड्नेहरू
लहड-उमङ्गसँग डरेर हिँड्नेहरू
हेलचेक्र्याइँ नरुचाउने यो समयको
खेलबाडको पासोमा परेर हिँड्नेहरू
भेटिन्छ जीवनसँग मरेर हिँड्नेहरू ।

अच्युत घिमिरे,सर्पाङ,भुटान

पञ्चाङ्ग ६

युद्धले मन असाध्यै त्रासमा छ
सम्झना उनै प्रति पो खासमा छ
बिर्सनु खोज्दछु आलो घाउलाई
झल्झली नजरहरु लासमा छ
दुश्मनका जहाज आकाशमा छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ७

श्रीहरि गुणगान गाएर सुधार्नुछ जीवन
गङ्गाजल जस्तै पवित्र पार्नुछ जीवन
शरीर नाशवान हो जान्छ एकदिन मरी
प्रभुकृपामा दिव्यात्माबनी तार्नुछ जीवन
दिव्यात्मा बन्न प्रभुमानै सार्नुछ जीवन ।

कार्की डिबी माकुम
सुनवल, नवलपरासी

पञ्चाङ्ग ८

धर्मको पाखण्ड चुलिएको छ
मानिस राम्ररी धुलिएको छ
परपीडामा आनन्द लाग्ने
मनभित्र रस घुलिएको छ
अनि मानवता भुलिएको छ ।

टीकाराम जोशी, टीकापुर।

पञ्चाङ्ग ९

तातो रापले तन जलेको छ
डढेलो लागी वन जलेको छ
वियोगको पीडा सहनुपर्दछ
भएको सारा धन जलेको छ
सम्झेर आज मन जलेको छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १०

देशको जन आन्दोलनमा अघि सर्छ उही गरिब
बाढी पहिरो र बिपदमा पनि पर्छ उही गरिब
बिचरा त्यो गरिब पापी पेट देखाउन नसकेर
नडराइ बहादुरी प्रदर्सन गर्छ उही गरिब
विश्वमा जहाँ-जहाँ लडाइँ हुन्छ,मर्छ उही गरिब ।

-पशपति राई खोटाङ ।

पञ्चाङ्ग ११

भन्थेँ छाती देखाई यहाँ छौ तिमी
भौतिक रूप भने तहाँ छौँ तिमी
समयमा उद्धार गर्न सकेनौ
त्यहीँ रहनु सधैँ जहाँ छौ तिमी
सोध्दिनँ सरकार कहाँ छौ तिमी ?

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग १२

जोसिलो बन जवान लक्का जे पर्ला पर्ला
जोड लौ जीवन चल्ने चक्का जे पर्ला पर्ला
खुशी बेच्दा बेच्दै दु:खमात्र राख्नु हुँदैन
एकाकार भाव देऊ पक्का जे पर्ला पर्ला
संघर्षको नयाँ देऊ धक्का जे पर्ला पर्ला ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

गरिबका लागि त छैनन् सुन्ने कोही यहाँ
राम्रो कामको छैनन् पाल बुन्ने कोही यहाँ
गरिबी जनता विदेशमा मरेकाछन्
छैनन् मानविय दयाले गुन्ने कोही यहाँ
टुक्रा टुक्रा भाको मन् छैनन् तुन्ने कोही यहाँ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १४

उर्वर भुमि अति मासिदै छन्
युवाका सपना नै नासिदै छन्
गरि खान कहाँ छ होला शान्ति ,
देश प्रतिको माया तासिदै छन्
किन मानव यति भासिदै छन् ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग १५
मेरालागि बाबा अनि आमा बराबरी
शिक्षादिक्षा दिने गुरू मामा बराबरी
सबैलाई उही कुरा लागू हुन्छ हुन्न
कोहीलाई पित्तल र तामा बराबरी
छोटो पारे फरिया र जामा बराबरी ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १६

रुदा रुदै आशुको तालमा डुबे हजुर
मिठा बात गर्नेको जालमा डुबे हजुर
रमाउने र कमाउने अधुरा सपना
हेर्दाहेर्दै रगतको खालमा डुबे हजुर
फक्रनु अगाडि नै कालमा डुबे हजुर ।

संगीता खरेल
चन्द्रागिरी ८ मातातीर्थ
काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...