Sunday 4th October 2026

इजरायल र हमासबीच युद्ध जारी


एजेन्सि । गत शनिबारबाट सुरु भएको प्यालेस्टाइन समर्थित लडाकु समुह हमास र इजरायलबीचको युद्ध मंगलबार पनि जारी छ ।

युद्धकाबीच गजापट्टीमा बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको इजरायलले जनाएको छ । इजरायलका रक्षामन्त्री योआव गालेन्टले गाजा पट्टीलाई पुरै घेराबन्दी गर्न आदेश दिएपछी बिजुली, रासन र इन्धन आपुर्ति बन्द गरिएको हो ।

गाजाको हवाई र तटीय क्षेत्र इजरायलको नियन्त्रणमा रहेको र त्यहाँ इजरायलले सो क्षेत्रमा गर्दै आएको खाद्यान्न लगायत अन्य सामग्रीको आपूर्तिलाई रोकेको हो । गाजापट्टीबाट हमासले रकेट प्रहार जारी राखेको छ ।

इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको साइरन जेरुसेलममा पनि सुनिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले इजरायलले सुरु गरेको जवाफी कारबाहीपछि गाजापट्टीका करिब १ लाख ५० हजार सर्वसाधारण घर छाडेर भागेको जनाएको छ ।

गाजामा १ लाख २३ हजारभन्दा बढी घरबारविहीन बनेका छन् ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...