Monday 16th February 2026

इजरायल-हमास लडाइँमा अहिलेसम्म ४५० जनाको मृत्यु, सैयौं घाइते


एजेन्सी- द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ।
इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्।
इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
इजरायलका विभिन्न शहरहरूमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ। विभिन्न शहरहरूबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडिओहरू सार्वजनिक भएका छन्।
इजरायली अधिकारीहरूले ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्‍याएको बताएका छन्।
हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन्। उनले अझै केही दिन युद्ध चल्ने र केही गाह्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका छन्।
‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्नेछौं,’ उनले भनेका छन्।
शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न शहरमा आक्रमण गरेका थिए। इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले गाजाबाट हजारौं रकेट प्रहार गरेको थियो।
यसलाई इजरायलमाथि ५० वर्षयताकै ठूलो आक्रमण रहेको बताइएको छ। तर यसलाई निस्तेज पारेरै छाड्ने प्रधानमन्त्री नेतन्याहुले बताएका छन्।
‘हाम्रा दुश्मनले कल्पना नै नगरेको मूल्य चुकाउनु पर्ने छ,’ नेतन्याहुले भनेका छन्, ‘हामी युद्धमा छौं र हामीले यो युद्ध जित्नेछौं।’
उनले हमासको आक्रमणको प्रतिकार गर्न मिलिटरी रिजर्भिस्टसलाई पनि बोलाएका छन्।
शनिबार साँझसम्म दक्षिणी इजरायलका शहरहरूमा युद्ध जारी रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ।
हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए।
उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए।‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन्।
हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो। उक्त लडाइँ १० दिनसम्म चलेको थियो।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...