Saturday 28th March 2026

पश्चिम एसियामा रगतको खोलो बगिरहेको छ


परम्परागत दुश्मन राष्ट्र ईजायरल र प्यालेस्टाईन बीच घमशान युद्ध भईरहेको छ । दुवै तर्फ ठुलो मात्रमा जनधनको क्षति भएको छ र युद्ध कति लामो हुने हो र त्यसले अरु कुन कुन देश लाई तान्ने हो विश्वको चिन्ता बढेको छ ।

अमेरिकी राष्ट्रपति जो वाईडेनले स्पष्ट शव्दमा ईजरायलको साथमा रहेको सन्देश सार्वजनिक गरिसकेका छन । ईरान ले हजबुल्ला र हमास लाई सधै साथ दिदै आईरहेको छ । युद्धले थला परेको भए पनि सिरिया प्यालेस्टाईनको पक्षमा सधै उभिने गर्दछ । अरब देशहरु भने फिजिकल्ली प्यालेष्टाईनको पक्षमा उत्रिएका छैनन । उनीहरुले विगत देखि नै आर्थिक, राजनैतिक र नैतिक रुपमा प्यालेस्टाईनका पक्षमा छदैछन ।

यो युद्ध यति बेला शुरु भएको छ जब की ईजरायल र साउदी अरेबियाका बीचमा केही निश्चित कार्ययोजनाका साथ एक संझौता हुने अवस्थामा रहेको थियो । इजिष्ट, कतार, दुवई, साउदी लगायतका देशहरुको ईजरायल सँग सम्बन्ध सुध्रिदै जादा यसलाई धक्का दिने मनशाय यस युद्ध पछाडीको एउटा मकसद हो ।

सनिवार विहानै देखि हमासले गाजापटटी को क्षेत्रबाट एक्कासी ईजरायलमा हमला शुरु गरेपछि ईजरायल अचम्ममा परर्यो । उसका गुप्तचरहरुले समेत थाहा नपाउने गरी हमासले कसरी यति ठुलो स्केलमा हमला गरर्यो भनेर दुनियाभर सवाल उठिरहेको छ । यसक्रममा करिब ४ हजार ५ सय मिसायल आक्रमणहरु भएका छन । अधिकांश मिसायलहरु आकाशमा नै ध्वस्त पारिएको भएन पनि धेरै तिरबाट भएको घमसान आक्रमण लाई विफल पार्न ईजरायल चुकेको देखिन्छ ।

समाचार अपडेट अनुसार अहिले पनि ईजरायलका विभिन्न २२ स्थानमा भिडन्त भईरहेका छन । हमासका लडाकुहरु ले मिसायलबाट आक्रमण शुरु गर्नु का साथ साथै जमिनबाट बोर्डर को अबरोध हटाउदै छिरेका थिए । उनीहरुले सीमानाको तारको जालीलाई त्यसपछि बुल्डोजर लगाएर फालिदिएका छन । ईजरायलको सिमा भित्र छिर्न उनीहरुले विभिन्न उपाय अपनाएको देखिन्छ । प्याराग्लाईडिंग को सहायताले उसका लडाकुहरु ईजरायली भूमिमा छिरेका थिए । उनीहरु हजारौको संख्यामा सीमा पार पुगेको भनाई छ ।

भौतिक रुपमा ईजरायलमा ठुलो क्षति भएको छ । ठुला ठुला भवनहरु भत्किएका छन भने सडकमा आगो का लप्काहरु निभाउन सुरक्षा कर्मी खटिरहेका देखिन्छ । यसक्रममा सयौ ईजरायलीहरुलाई हमासले बन्दक बनाएको छ । करिब दुई सय भन्दा धेरै ईजरायली सेना र सर्वसाधरण मारिएका छन । यसरी नै हमास तर्फ पनि ठुलो क्षति भएको छ त्यति नै संख्यामा त्यहाँ पनि मानिस मारिएका छन । दुवै तिर का अस्पतालहरुमा रगतको अभाब देखिएको छ । सयौको संख्यामा घाईतेहरु अस्पतालमा भर्ना भएका छन ।

ईजरायलका राष्ट्रपति नेतान्याहुँ ले आफ्नो देश युद्धमा भएको घोषणा गरेका छन र सेनाको रिर्जब र्फोसलाई आफ्नो कमाण्ड समाल्न का लागि फिर्ता बोलाएका छन । हमासको मिसायल आक्रमण भईरहदा ईजरायली लडाकु विमानहरु ले आकाशबाट प्रतिकार गरिरहेका थिए । युद्ध कति दिन सम्म चल्छ र यसले के रुप लिन्छ यसै भन्न सकिने अवस्था छैन । तर स्थितीलाई थप विग्रन नदिन संयुक्त राष्ट्रसँघले आव्हान गरेको छ ।

यसै बीच ईजरायलमा रहेका नेपालीहरु के कति हाताहातीमा परे के कति घाईते छन भन्ने यकिन भई सकेको छैन । अधिकांश पढन गएका विधार्थीहरु हमासको आक्रमणमा परेको बताईन्छ । केही गंभिर घाइते र केही बन्दक बनेको समाचारहरु आईरहेका छन । त्यहाँ स्थित नेपाली दुतावासले पनि नौ जना बन्दक भएको बताएको छ ।

पश्चिम एषियाका यी दुई देशहरुमा अझै एक पटक ठुलो रक्तपात निम्तने खतरा देखिएको छ । यीनीहरु दुई बीचको यो रत्तपातपूर्ण खेलमा कुन कुन राष्ट्रहरु पुन समिकरण र धु्रबीकरणमा को कता पुग्ने हुन यसै भन्न सकिन्न ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...