Tuesday 18th August 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः प्रकृति र मेरो देश


हिमालले यो धर्तीलाई सुन्दरता………………….
 हिमालले यो धर्तीलाई सुन्दरता बढाएको देशमा
हिमनदीहरू बग्छन् आफ्नै वेगमा
मन देखि माया छ गहिरो प्रेम छ
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ
 
प्रत्येक बिहानीले नयाँ दिनको पुनर्जन्म गर्छ 
यो दिलबाट सोचेर कसम खाइन्छ
अनेक परिस्थितिको सामना गरेर हिडनु परेको छ
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ 
 
यो देखिने दृश्य मेरो प्रेमको कथा
यी खेतहरू , यी झरनाहरू बसेको छ मनमा
यो मन भरि युगौँ युग सम्म
रहिरहन्छ प्रेम सम्बन्ध सास रहुन्जेल सम्म
 
 
 मनमा माया बसेर बोलाउँछु
अब हामी सबै  एकजुट हुन्छौ,  
एकता नै प्यारो हुन्छ हामी सत्य छौ
यो प्रेमको चित्र आकाशबाट खिच्ने छौ
 
देशको लागि ज्यानको बलिदान दिने सहिदको सम्मान गर्नुपर्छ
युवाहरू राष्ट्र निर्माणको कार्यमा लाग्नुपर्छ
सबै युवाहरूको सपनाहरू यही पुरा हुनुपर्छ
सबै देशवासीमा एक अर्कामा प्रेम हुनुपर्छ
 

समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्नुपर्छ
मनमा मन मिलाएर मायाको मिठास दिन सक्नुपर्छ
मेरो देश नेपालको सौन्दर्यले मन भुलाएको छ
चारैतिर अग्ला हिमाल हेरेर मन भुल्छ
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ
समय परिवर्तन सँगै धेरै वर्ष बितेको छ
पहाडको कुनामा मेरो सानो झुपडी छ
मेरा हरेक पलहरू यही माटोमा बितेको छ
 
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ
पुर्खाको राष्ट्रभक्ति र एकत्रित भावनाबाट प्रेरणा लिनुपर्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...