Thursday 15th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः प्रकृति र मेरो देश


हिमालले यो धर्तीलाई सुन्दरता………………….
 हिमालले यो धर्तीलाई सुन्दरता बढाएको देशमा
हिमनदीहरू बग्छन् आफ्नै वेगमा
मन देखि माया छ गहिरो प्रेम छ
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ
 
प्रत्येक बिहानीले नयाँ दिनको पुनर्जन्म गर्छ 
यो दिलबाट सोचेर कसम खाइन्छ
अनेक परिस्थितिको सामना गरेर हिडनु परेको छ
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ 
 
यो देखिने दृश्य मेरो प्रेमको कथा
यी खेतहरू , यी झरनाहरू बसेको छ मनमा
यो मन भरि युगौँ युग सम्म
रहिरहन्छ प्रेम सम्बन्ध सास रहुन्जेल सम्म
 
 
 मनमा माया बसेर बोलाउँछु
अब हामी सबै  एकजुट हुन्छौ,  
एकता नै प्यारो हुन्छ हामी सत्य छौ
यो प्रेमको चित्र आकाशबाट खिच्ने छौ
 
देशको लागि ज्यानको बलिदान दिने सहिदको सम्मान गर्नुपर्छ
युवाहरू राष्ट्र निर्माणको कार्यमा लाग्नुपर्छ
सबै युवाहरूको सपनाहरू यही पुरा हुनुपर्छ
सबै देशवासीमा एक अर्कामा प्रेम हुनुपर्छ
 

समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्नुपर्छ
मनमा मन मिलाएर मायाको मिठास दिन सक्नुपर्छ
मेरो देश नेपालको सौन्दर्यले मन भुलाएको छ
चारैतिर अग्ला हिमाल हेरेर मन भुल्छ
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ
समय परिवर्तन सँगै धेरै वर्ष बितेको छ
पहाडको कुनामा मेरो सानो झुपडी छ
मेरा हरेक पलहरू यही माटोमा बितेको छ
 
नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ
पुर्खाको राष्ट्रभक्ति र एकत्रित भावनाबाट प्रेरणा लिनुपर्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

प्रतिकृयाहरू
...