Thursday 26th February 2026

घरेलु कामदारका लागि कुवेतीको रोजाई फिलिपिनो


कुवेत र फिलिपिन्स बीच सम्बन्ध चिसिएको छ । तर एक कुवेती युवा ले आफ्नो घरेलु नोकरानीलाई मारेर मरुभूमिको नजिक लगेर जलाएको अपराधमा निजमाथि अदालतले सजायको फैसला गरे पछि फिलिपिन्स कामदार पठाउन सकरात्मक बनेको समाचारमा जनाईएको छ ।

समाचार अनुसार फिलिपिन्स ले कुवेतसँग सो सम्बन्धमा बैठक का लागि प्रस्ताव गरेको छ । यसरी नै कुवेतले पनि फिलिपिन्स बाट घरेलु कामदार कुवेत ल्याउन ईच्छा देखाएको छ । कुवेतमा आधा भन्दा धेरै अर्थात २ लाख को हाराहारीमा घरेलु कामदार फिलिपिनाहरु छन । अहिले केही महिनायता दुवै देशको सम्बन्ध विग्रिए पछि भिषा रोकिरहेको अवस्था छ । फिलिपिन्स एम्बेसी ले भगौडा घरेलु महिला कामदारहरुका लागि खोलेको सेल्टर लाई कुवेतले गैह कानूनी रहेको र सो बन्द गर्न दिएको दवावले दुवै देशबीच खटपटिपूर्ण अवस्था निम्तिएको थियो । अन्तत उसले सेल्टर बन्द गरयो र त्यहाँ रहेका ५ सय मध्ये ३५० जनालाई तत्काल स्वदेश पठायो भने १५० मा विभिन्न मुद्धाहरु रहेका कारण पाम को सेल्टर अर्थात सरकारी सेल्टरमा स्थानान्तरण गरेको थियो ।

अहिले फिलिपिन्सको मार्कोस सरकारले कुवेतमा घरेलु कामदार पठाउने सम्बन्धमा ईच्छा जाहेर गरेको छ । तर कतिपय विषयहरु नसुल्झाए सम्म यो काम सम्भव छैन । फिलिपिन्ससँग घरेलु कामदारको सेवा र सुरक्षाका लागि नयाँ संझौता गर्ने पक्षमा फिलिपिन्स छ भने भगौडालाई दुतावासले आश्रय नदिने प्रतिबद्धता कुवेत ले खोजेको छ । संभवत दुवै देशको आवश्यकता को विषय र कुवेती नागरिकको रोजाईमा फिलिपिनो महिलाहरु पर्ने भएका ले चाडै संझौता हुने मा सम्बन्धित पक्षहरु विश्वस्त देखिएका छन ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...