Saturday 24th October 2026

चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई


एजेन्सी- यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र ड्रिउ वाइसम्यानले पाएका छन् ।

स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । कोरोना भाइरसविरुद्ध एमआरएनए भ्याक्सिन विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । उनीहरुले एमआरएनए भ्याक्सिनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा कसरी काम गर्छ भनेर पत्ता लगाएका थिए ।

उनीहरुले विकास गरेको खोप अहिले विश्वभरि लाखौं मानिसहरूलाई दिइएको छ। नोबेल पुरस्कार समितिले भनेको छ, ‘आधुनिक समयमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व दरमा पुरस्कार विजेताहरूले योगदान दिए ।’

नोबल पुरस्कार विजेतालाई ९ लाख अमेरिकी डलरसँगै २४ क्यारेट सुनको तक्मा प्रदान गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...