Sunday 11th January 2026

विदेशबाट दशैंमा घर आउँदा अरुका उपहार नल्याउनू


दशैं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने भनेर उल्लेख गरिएका बाहेक सामान नल्याउन अनुरोध गरिएको हो ।

त्रिभुवन विमानस्तल भन्सार कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

कार्यालयका अनुसार पछिल्लो समय साउदी, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइल्याण्डलगायतबाट अरुको मालवस्तु लिएर आउनेहरू कारवाहीमा परिरहेका छन् ।

ती क्षेत्रबाट त्रिभुवन विमानस्थलमा आफन्त लिन आउने भन्दै ल्यापटप, मोबाइल, सुन, घडी लगायतका सामान नेपाल फर्किर्दैं गरेकालाई पठाइन्छ । यसरी अरुको उपहार लिएर आउँदा यहाँ कारवाहीमा पर्न सकिने भन्दै कार्यालयले चेतावनी दिएको हो।

यसरी अरुले पठाएको उपहार पनि लिएर आउँदा मापदण्ड भन्दा बढी मालवस्तु हुन जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परेर उक्त मालवस्तु जफत हुन सक्ने जनाइएको छ । योसँगै जरिवानावापत दोब्बर मूल्य बरबर धरौटीसहित कैद सजायसमेत हुन सक्ने विमानस्थल कार्यालय बताएको छ ।

के-के ल्याउन पाइन्छ ?

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धि पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसैगरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ।यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँने कानूनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ । यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क वुझाउनु नपर्ने व्यवस्था रहेको छ ।

-नेपालवाच बाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...