Monday 12th October 2026

नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि


नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते ।
रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका हुन् । अन्तिम पाँच प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाई पुगेका थिए ।
जितपछि बोल्दै समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताए । ‘मलाई सपनाजस्तो लाग्दैछ । मैले सँधै रियालिटी शो हेर्थेँ र कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना राख्थें । तर मैले शो जितेको कल्पना पनि गरेको थिइनँ, यो साँच्चै सपना हो । मेरो लागि सत्य हो । जब म अनिकेत चौहान पछि उत्कृष्ट १३ मा छनोट भएँ, त्यो पल मेरो लागि विजयी क्षण थियो । शोमा म यतिसम्म आइपुग्छु भनेर सोचेको पनि थिइनँ ।’
उनले यो पनि भने, ‘यस प्रतियोगिताको क्रममा मैले सफलता र असफलता दुवैको स्वाद लिएको छु । असफलता पनि महत्वपूर्ण छ, किनकि यसले तपाईलाई धेरै कुरा सिकाउँछ, र यसले मलाई मेरो उत्कृष्ट दिन र थप मेहनत गर्न मद्दत गरेको छ । आज, त्यसैको कारण म राम्रो डान्सर बनेको छु । ‘इन्डियाज बेस्ट डान्सर सिजन ३’लाई मेरा शब्दले वर्णन गर्न सक्दैनन् ।’
फिनाले एपिसोडका अतिथिमा गोविन्दा र गणपथका कलाकार-टाइगर श्राफ र कृति सेनन थिए । शोलाई जय भानुशालीले होस्ट गरेका थिए जसमा सोनाली बेन्द्रे र गीता कपुर जज थिए । समर्पणको जितबारे सोनालीले भनिन्, ‘यो ठूलो जितमा म मेरो ‘क्युटी मिनिस्टर’ समर्पणका लागि निकै खुसी छु । उनी तालिम प्राप्त नर्तक नभए पनि उनले हामीलाई प्रभावित तुल्याए । किनकि नृत्यप्रतिको लगाव र लगाव हरेक अभिनयमा प्रस्ट देखिन्थ्यो ।’


सम्बन्धित शीर्षकहरु

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

प्रतिकृयाहरू
...