Sunday 11th January 2026

प्रबासी एकता मञ्च कुवेतको अध्यक्षमा पुनः युवराज गैरे


कुवेत-नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

यस्तै मञ्चको प्रथम उपाध्यक्षमा देवसम्सेर घिसिङ चयन भएका छन् भने उपाध्यक्षमा टीका पौडेल, बिना सापकोटा, धनेस्वर यादब, असोक शाह, महासचिवमा इन्द्रदेव शर्मा, उपमहासचिवमा उमलाल भण्डारी, सचिवमा वसन्त पोखरेल, रेनुका पुरी, उप-सचिव नसिब राउत कवारी र पुर्ण लम्साल र कोषाध्यक्षमा तनबिर आलम मिकरानी चयन भएका छन् । यस्तै सदस्यहरुमा एम डि अब्जल, खिम बिक, मोहम्मद अख्तर, प्रदिप परियार, नागेन्द्र महत्तो, कमला थामी, लक्ष्मी तामाङ, धन बि सि, शिव भण्डारी, महेस भुसाल, चन्दन दास, नारायण बन्जादे, अरुण चौधरी, सुशील चौधरी, भिम बहादुर खत्री, राजकुमार परियार र केशव बहादुर सारु चयन भएका छन् ।
अधिबेशन केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको प्रमुख आतिथ्य र प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य मोहमद मुक्तदाको बिशेष आतिथ्यमा सम्पन्न गरेको हो। उपस्थित सबैको मन्तव्यबाट देवसम्सेर घिसिङले स्वागत गरेका थिए। प्रमुख अथिति मधुकर रिजाल, बिशिस्ट अथिति मोहमद मुक्तदा, एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामा सहित विभिन्न राजनिति दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधी पत्रकार लगायतले आफ्नो मन्तव्य राखेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...