Saturday 28th March 2026

प्रबासी एकता मञ्च कुवेतको अध्यक्षमा पुनः युवराज गैरे


कुवेत-नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

यस्तै मञ्चको प्रथम उपाध्यक्षमा देवसम्सेर घिसिङ चयन भएका छन् भने उपाध्यक्षमा टीका पौडेल, बिना सापकोटा, धनेस्वर यादब, असोक शाह, महासचिवमा इन्द्रदेव शर्मा, उपमहासचिवमा उमलाल भण्डारी, सचिवमा वसन्त पोखरेल, रेनुका पुरी, उप-सचिव नसिब राउत कवारी र पुर्ण लम्साल र कोषाध्यक्षमा तनबिर आलम मिकरानी चयन भएका छन् । यस्तै सदस्यहरुमा एम डि अब्जल, खिम बिक, मोहम्मद अख्तर, प्रदिप परियार, नागेन्द्र महत्तो, कमला थामी, लक्ष्मी तामाङ, धन बि सि, शिव भण्डारी, महेस भुसाल, चन्दन दास, नारायण बन्जादे, अरुण चौधरी, सुशील चौधरी, भिम बहादुर खत्री, राजकुमार परियार र केशव बहादुर सारु चयन भएका छन् ।
अधिबेशन केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको प्रमुख आतिथ्य र प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य मोहमद मुक्तदाको बिशेष आतिथ्यमा सम्पन्न गरेको हो। उपस्थित सबैको मन्तव्यबाट देवसम्सेर घिसिङले स्वागत गरेका थिए। प्रमुख अथिति मधुकर रिजाल, बिशिस्ट अथिति मोहमद मुक्तदा, एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामा सहित विभिन्न राजनिति दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधी पत्रकार लगायतले आफ्नो मन्तव्य राखेका थिए।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...