Sunday 11th January 2026

कुवेत आएको एक हप्ता मै मृत्यु


कुवेत-संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकाे रत्न कुमारी तामाङ घरेलु कामदारमा कुवेत आएका थिए। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्न कुमारी तमाङलाई स्वास्थ्यमा केही समस्या भएपछि  उनलाई हस्पिटल लगिएकाे थियोे।  हस्पिटलमा  उपचार गर्ने क्रममा नै मृत्यु भएको हाे।
नेपालमा पर्याप्त रोजगारी नभएपछि बाध्य भएर वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरै छन । रोजगारीको लागि खाडी मुलुक नै एउटा गन्तव्य बनेको छ।  घरेलु कामदारका रुपमा कुवेत आएका१ हप्तामै उनको मृत्यु भयो। कुवेत आएपछि  एजेन्टले कुवेतीको घरमा काम गर्न पठाएको तामान दिन नै बिरामी परेपछि  रत्न कुमारी तमाङलाई  तत्काल हस्पिटल लगेको थियो। हस्पिटलमा उपचार हुदा हुदा उनको मृत्यु भएको थियो।   घरेलु कामदारमा कुवेत आउन बन्द भएपनि विभिन्न माध्यमबाट कुवेत आउने क्रम भने जारी नै छ। मृतक तामाङको शव आजै राति कुवेतबाट नेपाल पठाइँदै छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...