Thursday 5th March 2026

नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा सुर्य लामा


कुबेत सिटी – कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको चौथो अधिबेशन सम्पन्न भयाे। निवर्तमान उपाध्यक्ष राम सुर्य लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै शुक्रबार कुवेतको जिलिव स्थित रिदम हलमा अधिबेशन सम्पन्न भयाे।
अध्यक्ष प्रेम लामाको सभापतित्व,नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमको प्रमुख आतिथ्यता, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष नवराज पन्थी समाजसेवी राजेन्द्र तामाङ,बिशेष आतिथ्यता एवं पत्रकारहरु,कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी,बुद्धिजिवि,समाजसेवी,कलाकार,साथै कुबेतमा रहेका नेपालीहरु उपस्थिती रहेको थियो। संरक्षक टिकाराम आचार्यले संचालन गरेका थिए। कार्यक्रममा राष्ट्रिय गान पश्चात् प्रमुख अतिथि,विशिष्ट अतिथि संयुक्तरुप पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियाे भने संरक्षक धुर्ब कुमार संग्रौलाले स्वागत दिएका थिए।
शुभकामना मन्तव्य दिने कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि, समाजसेवी,नेपाल पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष नवराज पन्थी शुभकामना मन्तव्य राखेका थिए।
आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था समाजले गरेका काम को बारेमा समाजका महासचिव:दामोदार बटालाले प्रस्टाउनु भएको थियो।समाजको चौथो अधिवेशनबाट ६१ जानको कार्यसमिती तयगरेको छ भने अध्यक्षमा सुर्य लामा निर्विरोध चयन भएको छ।
बरिस्ठ उपाध्यक्ष-उत्तम थापा, उपाध्यक्षहरु-सुबास तमाङ,धर्म तामाङ,महिला उपाध्यक्ष पिन्की मगर,महासचिव-राजु धिमाल,सचिव-राजु पुनमगर,सहसचिव अर्जुन कटुवाल, कोषाध्यक्ष-पेमालामा,सहकोषाध्यक्ष – पदम मुक्तान,युवा सहम्जोक – सोम तमाङ,सहसंम्जोक-प्रबिन तामाङ,प्रबक्ता – शन्त लम्साल, चयन भएको छ भने बाँकी कार्यसमिती नाम उपल्बद भएपछी सार्वजनिक गराउने छु ।अन्त्यमा धन्यवाद सहित कार्यक्रमको समापन गरेका सभापति लामाले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी शुभचिन्तक संघसस्थाहरुमा हार्दिक आभार प्रकट गर्नु भएको थियो


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...