Wednesday 9th September 2026

कविता:आन्दोलन -नारायण कोइराला


पार्टीको झोला बोक्ने
छोराछोरी बोर्डिङ पढाउने
किन हो?सडकमा कराउने
अधिकार छ सबैलाई
विरोध प्रदर्शन गर्ने
सक्षम छौ भनेर सडकमा देखाउने
विद्यालय जाँदा विद्यार्थी
औंलामा गन्न सकिने
रिजल्ट हेर्दा विद्यालयको
आँखाबाट अभिभावकको
टपक्क आँसु झर्ने
न सरकारको गतिलो अनुगमन
न शिक्षकले उत्तर दाहित्यो बहन गर्ने
अलमल छन सबै कसको समर्थन गर्ने?
आन्दोलन हो कि यो देखावटी
पार्टीको झण्डामा ओँत लागेर
पढाउन छोडी राजनीति गर्ने
शिक्षक हौं भने विद्यालयमा
राजनीति गर्न छोडर पढाउने मात्र गरौँ
पार्टीको झोला बोक्ने शिक्षकले अर्थ विहिन आन्दोलन नगरौँ।

नारायण कोइराला
– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...