Saturday 5th July 2025

कविता:आन्दोलन -नारायण कोइराला


पार्टीको झोला बोक्ने
छोराछोरी बोर्डिङ पढाउने
किन हो?सडकमा कराउने
अधिकार छ सबैलाई
विरोध प्रदर्शन गर्ने
सक्षम छौ भनेर सडकमा देखाउने
विद्यालय जाँदा विद्यार्थी
औंलामा गन्न सकिने
रिजल्ट हेर्दा विद्यालयको
आँखाबाट अभिभावकको
टपक्क आँसु झर्ने
न सरकारको गतिलो अनुगमन
न शिक्षकले उत्तर दाहित्यो बहन गर्ने
अलमल छन सबै कसको समर्थन गर्ने?
आन्दोलन हो कि यो देखावटी
पार्टीको झण्डामा ओँत लागेर
पढाउन छोडी राजनीति गर्ने
शिक्षक हौं भने विद्यालयमा
राजनीति गर्न छोडर पढाउने मात्र गरौँ
पार्टीको झोला बोक्ने शिक्षकले अर्थ विहिन आन्दोलन नगरौँ।

नारायण कोइराला
– तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...