Monday 2nd March 2026

ग्लोबल एनआरएनए कुवेतको अध्यक्षमा धिरेन्द्र राज सुवेदी


कुवेत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र रास्ट्रिय समन्वय परिषद कुवेतबीच MOU मा दुबै तर्फबाट हस्ताक्षर गरिएको बताइएको छ।

साथै एनसीसी कुवेतले छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको भावी कार्ययोजनाबारे पत्रकारहरुसँग प्रेसमिट गर्नुका साथै कुवेतमा रहेका बिभिन्न नेपाली संघसंस्थाहरु लगायतसंग आगामी दिनमा हातेमालो गर्दै आपसी छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिने बताइएको छ।

नव गठीत कार्यसमितिको आईसीसी सदस्यमा शुसन गौतम र संरक्षकमा युवक राई रहनुभएको छ।

अध्यक्ष : धिरेन्द्र राज सुवेदी (धिरेन)
बरिष्ठ उपाध्यक्ष : उमा घिमिरे
उपाध्यक्ष : टिका राम बश्याल
महिला उपाध्यक्ष : ईन्दिरा चाम्लिङ राई
महासचिव : पुष्करसिंह धामि
सचिव : गोकुल महत
सचिव : खिम बहादुर खासु
कोषाध्यक्ष : सन्त बहादुर तामाङ
युवा संयोजक : विजय सारु मगर
सह युवा संयोजक : हरि बहादुर राउत
महिला संयोजक : सूर्य माया तामाङ
प्रबक्ता : पावल राई
त्यस्तै, सदस्यहरुमा कृष्ण बहादुर हमाल, ईन्द्र परियार, दिपक आले, कमल थापा, संन्जय थापा, पर्शुराम घिमिरे, छविलाल सुवेदि, कृष्ण माया ढुंगाना (रोजिना) र रुजेन्द्र महर्जन रहेका छन्।

सल्लाहकारहरु होम खत्री (एचपी), रुपेन बिक्रम हमाल, दीपेन्द्र बिक्रम खाँड र अमृत गुरुङ रहनुभएको छ।


सम्बन्धित शीर्षकहरु

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

प्रतिकृयाहरू
...