Saturday 28th March 2026

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका २४ नोभेम्बरमा


कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा हुने भएको छ ।

कुवेतस्थित जिलिबमा रहेको इन्डियन स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा दिपावलीको अवसरमा पाचौं सांगीतिक धमाका गर्न लागिएको समाजका प्रवक्ता सन्त लम्सालले जानकारी दिएका छ्न ।

कुवेत नगरीमा सन् २०१४ मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । उक्त दिन स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेतको नेपाली समाजमा स्थापना कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ – संस्था वा व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण :
मितिः २४ नोभेम्बर २०२३
स्थान: इन्डियन स्कुल जिलिब
समयः बिहान ११ बजे देखी
आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...