Sunday 8th June 2025

ताबुकमा श्रमिक अन्तरक्रिया तथा नवीकृत राहदानी वितरण सेवा सम्पन्न


देवि बहादुर सुतार कार्की, ताबुक (साउदी अरब ) – साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको छ। उक्त कार्य शुक्रबारका दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो । सोही क्रममा सधैं झै उपस्थिति श्रमिकहरु बिच विभिन्न अन्तरक्रिया समेत गरिएको थियो ।

महाबाणिज्य दुतावास जेद्दा देखी दुर दराजको क्षेत्र ताबुक तथा ताबुक आसपासमा रहेका श्रमिक दाजु भाई दिदिबहिनीहरुले आफु रहेको नजिकै को स्थानबाट आफ्नो राहदानी नवीकरण गर्न पाउदा अत्यन्तै हर्षित भएका थिए । भौगोलिक रुपमा अरु क्षेत्र को तुलनामा ताबुक सानो क्षेत्र भएता पनि साउदी अरब कै सबै भन्दा ठुलो नियोम परियोजना (Neom project ) को कारणले हाल सेवाग्राहीहरुको संख्या सबै भन्दा उच्च- संख्यामा रहेको छ।

राहदानी वितरण सेवा सम्पन्न गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका प्रवक्ता श्री देबी बहादुर कार्की,गैर आवासियनेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका पूर्व उपाध्यक्ष तथा हाल जेध्दा कन्सुलेट द्वारा ताबुकका लागि स्थानीय प्रतिनिधि श्री अर्जुन थापा, गैर आवासिय नेपाली संघक्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारीहरु अध्यक्ष श्री नर बहादुर खतिवडा, उपाध्यक्ष श्री ओम थापा, सचिव श्री बुद्धी प्रसाद बास्तोला, प्रवक्ता श्री शक्ति भट्ट, सह सचिब श्री ज्ञान भक्त खड्का, युवा संयोजक श्री बिक्रम तिम्सिना, सद्स्य श्री सुमन कार्की, श्री राजेश सिर्पाली, श्री बिकास झा लगायतले व्यवस्थित बनाउन अत्यन्तै समन्वयकारीभुमिका निभाउनु भएको थियो । गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरबको सहकार्यमा नवीकृत राहदानी वितरण सेवा सम्पन्न भएको थियो।

सन् २०१४ देखी अहिलेसम्म कै उच्च संख्यामा राहदानी नवीकरण भइ वितरण भएको र दिनानुदिन नेपाली श्रमिकहरुको आगमन तथा बाक्लिदो संख्या भइरहेकोले आगामी दिनहरुमा अझै यो संख्या बढ्न सक्ने अनुमान आर.सि.सी. अध्यक्ष श्री नर बहादुर खतिवडाले बताउनु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको…

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

प्रतिकृयाहरू
...