Monday 6th May 2024

संघर्ष र समय संगै फेरिएको मेरो यात्रा


गुलाम नवी मन्सुर, कुवेत – हरेक मानिसको आ–आफ्नै कथा हुन्छ । कतिपय व्यक्तिका कथाहरू धेरै रोचक र रोमाञ्चक हुन्छन्। कतिपय कथाहरूमा पीडा बढी हुन्छ भने कतिपयमा माया र खुशी बढी हुन्छ। कतिपयको जीवन निकै चुनौतीपूर्ण हुन्छ । केही कथाहरू पूर्ण रूपमा फरक हुन्छन् । प्रायः यस्ता कथाहरू वर्षौंसम्म मानिसहरूको दिमागमा रहिरहन्छन् । महान व्यक्तित्वहरूका कथाहरू, मानिसहरूलाई प्रेरणा दिने कथाहरू र अद्भुत-असाधारण घटनाहरूले भरिएका कथाहरू इतिहासका पानाहरूमा रेकर्ड हुन्छन्। यो पनि सत्य हो कि धेरै व्यक्तिको कथा एक अर्कासँग मेल खान्छ । यी कथाहरू बीच धेरै समानताहरू हुन्छन्।तर प्रत्येक कथा आफैमा फरक छ र यसको आफ्नै महत्व छ। यी जीवन कथाहरूको महत्त्व एक न एक घटनाले सिर्जना हुन्छ जसले अधिकतम संख्यामा मानिसहरूलाई असर गर्छ र जसले अधिकतम संख्यामा हृदय छुन्छ।

हरेक मानिसको जीवनमा केहि घटनाहरु हुन्छन् जसको ठूलो महत्व हुन्छ । यी घटनाहरूले अक्सर जीवनलाई नयाँ दिशा दिन्छ।सोच र दृष्टिकोण परिवर्तन। भविष्य निर्धारण गर्दछ । म मेरो सिंगो परिवारको आर्थिक उन्नतीको परिवर्तन चाहान्थे, नतिजा – यी प्रमुख जीवन परिवर्तन घटनाहरुमा एक कुरा साझा थियो – प्रतिकूलता, कठिनाइहरुको सामना गर्दै अगाडि बढ्न संघर्ष र त्यसपछि जीत । संघर्ष संगै मैले महसुस गरें कि सफलताको लागि उत्तम मार्ग र जीवनमा वास्तविक गन्तव्य प्रायः कठिन समयमा भेटिन्छ।

मलाई अझै पनि त्यो दिन याद छ जब मैले माया गरेको मान्छेले मलाई अँध्यारोले भरिएको बक्स दियो। त्यो बाकस मेरो प्रियजनले दिएको उपहार हो भनेर बुझ्न मलाई वर्षौं लाग्यो। एक अमूल्य उपहार जसको महत्व वर्षौं पछि महसुस भयो। अन्धकारको महत्त्व थाहा पाएर मैले जिन्दगीको महत्त्व पनि राम्ररी बुझेँ। यही अन्धकारले गर्दा मानिस उज्यालोतर्फ जान थाल्छ । यस प्रकाशमा उसले जीवनको वास्तविक ज्ञान पाउँछ। यदि म आफ्नो बारेमा कुरा गर्ने हो भने पनी, मेरो जीवनमा पनी धेरै काला दिनहरू आए। एक किसीमले म भन्न सक्छु कि अन्धकार मेरो साथी भएको छ। अन्धकार संग बाल्यकालदेखि धेरै तीतो अनुभवहरू छन्। त्यो दिन अँध्यारो देखेर डर लाग्थ्यो । अन्धकारले आउने दिनमा धेरै कुरा सिकाउँछ भन्ने थाहा थिएन । पछि यही अध्यारो मार्गले जीवन कसरी जिउने, जीवनमा के गर्न आवश्यक छ र के छैन भनेर पनि सिकायो। त्यसै पनि जिन्दगीमा कयौं पटक टुटेको छु, कयौं कठिनाईबाट गुज्रिएको छु, धेरै अप्ठ्याराहरुको सामना गरेको छु तर अचानक एउटा खराब चरणमा एक विचार आयो।

पूर्ण शक्ति र दृढ संकल्पका साथ प्रतिकूलताको सामना गर्दै सन २०१० को सुरुवातकालमा म मिठो सपनाको भारी बोकी प्रवास भासिए जहाँ प्रचण्ड गर्मीले तातेको कतार जून समय २०२२ को बिश्वकपको तयारीमा जुटेको थियो। सोही समयमा उक्त २०२२ विश्वकप कतारमा हुने  निकै चर्चा थियो । सोही  कारणले पनि कतार सरकारले नेपाली कामदारहरुलाई पहिलो प्राथमिकतामा राखिरहेको थियो र मैले त्यही समय विदेश जाने निर्णय लिए र त्यों बेलामा म भरखर १९ बर्षको थिए । समय निकै तीब्र गतिमा चलिरहेकोले म आफुलाई मैले उक्त निर्णयबाट रोक्न सकिन ।  म पनि लागे मेरो नया समपनाको शहर कतारमा, कम्पनीमा सेल्सम्यानको रुपमा कतार हानिएको म काम र दाम पनि राम्रै थियो । समय सँगै सबै ठिकै थियो सोही क्रममा मैले उक्त कम्पनीमा झण्डै तीन वर्ष काम गर्ने अवसर प्राप्त गरे । उक्त समयमा नेपाल जाने आउने कार्य पनि जारी थियो। प्रवास हिडिरहदा, मानव हो अलिकति लोभ त लागि हाल्छ भने जसरी मलाई पनि त्यस्तै भयो। समय चक्र सँगै मैले एक विशेष मेरा अतिआदरणीय व्यक्तिद्वारा कुवेत आउने अवसर प्राप्त गरे।  मैले वहाँको नाम उल्लेख नगरेपनि वहाँ मेरो अति आदर्श व्यक्ति हुनुहुन्छ । एकपटक म वहाँलाइ यो मेरो  व्यक्तिगत लेख मार्फ़त धन्यवाद दिन चाहान्छु  ।

म २०१६ समय मा कुवेत आए ।  कुवैतको एक प्रतिष्ठित कम्पनीमा म आउदै गर्दा कतै डर त कतै डराएको  थिए । खाडीमा लामो समय बिताएको भएर पनि होला सायद एक मनले ह्या जे भएपनि होस एकपटक त जान्छु भनेर हिडे। कुवेत आएको सुरुवात कालमा मैले निकै संघर्ष गर्नु परेको थियो तथापि त्यो संघर्ष मेरो लागि ठूलो सफलता सावित भयो। सुरुवाती समयमा मैले दैनिकरुपमा १२ घण्टासम्म पनि काम गर्नु परेको थियो  भने आठ महिनासम्म सोही कार्य जारी रहिरह्यो । त्यस पश्चात मलाई मेरो कम्पनीले फ्लीट इन्चार्जमा बडुवा गरिदियो। म आफु पनि निकै भाग्यमानी ठानी रहेको थिए । जिन्दगी राम्रो संग चलिरहेको थियो । यात्रासँगै म आफुलाई भाग्यमानीको रुपमा लिएको छू । मेरो कठिन संघर्ष यात्रा जारी थियो । मैले आफुलाई अझ सही ठाउमा उभ्याउने प्रयास गरिरेको थिए। क्रमश यही क्रममा अझ जिम्मेवारिका साथ मलाई कम्पनीले बिस्वास गर्यो र थप एक वर्षको अंतरालमा अर्को जिम्मेवार थपिदियो साथै फ्लिट म्यानेजरको जिम्मेवार प्राप्त गरे। संग सँगै आफुले चाहे भन्दा पनि राम्रो भएको आभास भयो।  टाउकोमा जिम्मेवारीको बोझ सँगसँगै मनमा खुसीका लहरले आफुलाई सम्हाल्ना सकिरहेको थिएन । कती धेरै दुःख र कष्टसंग यात्रालाइ मैले अगाडि बढाएको  थिए । अवरोधहरु पनि नआएका होइनन तर सबै अवरोधका बावजूद पनि मैले आफुलाई अगाडि बढाए । मैले जे देखे, सिकें र गरें त्यसले मेरो जीवन परिवर्तन गर्यो । कम्पनी भित्र पनि आफ्नो स्थापितको लागि लडिरहेका ती मानिसहरूको बीचमा मेरो अनुभवले मलाई नयाँ उचाइमा पुर्यायो। यस्तो परिवर्तन जसले जीवनको अर्थ बदल्यो, प्राथमिकताहरू परिवर्तन गर्यो, सोच-विचार बदलियो, काम गर्ने तरिका बदलियो।

म समस्यामा थिएँ, मेरो पीडा अरूको भन्दा कम थिएन, जताततै निराशा थियो । यद्यपि यो अँध्यारो समयमा परिवर्तन भयो। पूर्ण बल, लगनशीलता र इमान्दारिताका साथ संघर्ष गर्ने हो भने प्रतिकूल परिस्थिति र कठिनाइमा पनि यस्तो शक्ति प्राप्त गर्न सकिन्छ, जसले यो अनौठो विजय हासिल गर्न सक्छ भन्ने कुरा मैले राम्ररी बुझ्ने मौका पाए । अब जब म आफ्नो विगतमा फर्केर हेर्छु, मलाई यो मेरो संघर्षको पाठले नै सफल हुन प्रेरित गरेको महसुस गर्छु। सफल हुनको लागी तपाइहरुले पनि मेरो जस्तै अरुलाई आफ्नो कथा सुनाउनु होस् । यदि एक जनाले पनि तपाईको कथाबाट प्रभावित भएर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्यायो भने त्यो तपाईको पनि सफलता हुनेछ।


सम्बन्धित शीर्षकहरु

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

प्रतिकृयाहरू
...