तोयानाथ दाहाल, उपेक्षित, सक्किने कि सच्चिने भन्ने पार्टी भित्रको चिन्तालाई सम्बोधन गर्न भरखरै मात्र माओवादी ले तीन महिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । उ एक प्रकारले हेर्ने हो भने एमाले को सिको गर्दै उसैको पछि पछि दौडिरहेको जस्तो देखिन्छ ।
प्रचण्ड स्वयम ले भनेका छन माओवादी ईतिहासकै कठिन र चुनौतीपूर्ण मोडमा छ । यसको सोझो मतलब हो माओवादी पार्टी सक्किने अवस्थामा छ तर यसलाई जोगाउने अवसर प्रचण्डलाई बारबार नआएको होईन । ती अवसरहरुलाई उपयोग गर्न त्यसरी नै माओवादी बारबार चुकेको पनि छ । विप्लब, बादल, बैध, बाबुराम, उपेन्द्र हुदै अनेकौ नेता कार्यकर्ताहरुले प्रचण्डलाई छाडे पनि उनीसँग भएको राजनैतिक चर्तुयाईले अहिले सम्म माओवादी पार्टी एउटा सानो झुण्डमा जीवित छ । नेकपा एस, र कांग्रेस लगायत ८ दलिय चुनावी गठबन्धन का कारण प्रचण्ड अझै अस्तित्वमा छन अर्थात माके अस्तित्वमा छ तर यो अवस्था विक्रम सम्बत २०८४ पछि रहन्छ भन्ने कुनै आधार छैन । अरु त अरु एमाले र कांग्रेस ले समेत आफ्नो आकार बढाउलान भनेर विश्वास गर्न सकिन्न । तर राप्रपा भने अवश्य बढ्ने देखिन्छ । पहिचानको आन्दोलन र धरानको गोरु काण्डले भडकिएका हिन्दु समुदायको भावनालाई उसले राम्ररी क्यास गरेको छ ।
एमाले सँग माओवादीले गरेको एकिकरण का कारण जनउत्साहा पनि दुवै पार्टी पंक्तिमा थियो र प्रचण्ड एउटा जम्बो पार्टीको दोश्रो अध्यक्ष बाट पहिलो अध्यक्ष हुने अवस्थामा थिए तर उनलाई तत्कालीन केन्द्रिय कमिटी, स्थायी र पोलिट व्युरोमा मा गणित पुरयाई दिने आश्वासन बामदेव र माधव नेपाल ले दिए पछि प्रचण्ड हौसिए । बामदेव र माधव नेपाल नेकपा भित्र किनारामा पुग्दै गएका नेता थिए । उनीहरुले जसरी पनि ओलीलाई कम्जोर पार्नु पर्ने थियो त्यसका लागि प्रचण्ड हतियार बने, त्यसै अनुरुप धैर्यता गुमाउन पुगे । परिणाम उनीहरु ले ओली को अगाडी हार खान परयो । किन पनि हार खाए भनिएको हो भने ओली एक्लै एमाले हाक्ने हैसियतमा चुनाव लडे भने उनीहरु लाई कांग्रेसको बैशाखी टेक्न पर्ने अवस्था आयो । यो प्रचण्ड को अक्षम्य गल्ति थियो । पतनबाट उत्भव मा पुगेको छबी लाई उनले पुन अवशान को गन्तव्यमा धकेले ।
एमसीसी मा प्रचण्ड र माओवादीको छद्यम रुपी भूमिका पतन को अर्को कारण बनिरहेको छ । अहिले का गृहमन्त्री नारायणकाजीको अन्र्तबार्ता हेर्ने हो भने माओवादी एउटा कुरा बोल्छ, अर्को काम गर्दछ भन्ने देखिन्छ । अमेरिकालाई साम्राज्यवादी भन्ने माओवादीले अहिले तिनै शक्ति र देशलाई आफ्नो प्यारो शक्ति राष्ट्र मानेको छ । भारतलाई विस्तारबादी भन्ने माओवादी नेतृत्व भारतको सबैभन्दा निकट, विश्वासी पार्टी बन्न कांग्रेस लाई समेत पछि पार्ने दौडमा छ । उसले राष्ट्रहित विपरित का भारतिय निर्देशन लाई जस्ताको तस्तै शिरोधार्य गरेर हिडेको छ । यो उसको बोली र व्यवहारका बहुरुप ले माओवादी निती, गति, विचार र सिद्धान्तहिन पार्टीमा रुपान्तरण भएको छ यो कम अक्षम्य कुरा होईन ।
माओवादी ले मिलेर बसेका विभिन्न जातजातिमा धेरै ठुलो आशाको सञ्चार गराई दियो । उनीहरुलाई स्वायत्त राज्य बाडदै हिडयो । उनीहरुलाई हिन्दुहरुको विरोध गर्न सिकायो । मन्दिर भत्काउन लगायो, पण्डित र पुरोहित मार्न लगायो । सवैको बुझाई एउटै छ की यो देशमा जातिय सदभाव विर्गाने र आपसमा द्धैष फैलाउने पार्टी नै माओवादी हो । किराँत, बौद्ध र हिन्दुहरुका विचमा दरार र विद्धेष पैदा गराउने काम को असर बल्ल जनताले महसुस गर्न थालेका छन । अल्पसंख्यकको मन जित्न उसले बहुसंख्यकहरुको आस्थामा प्रहार गर्न सिकायो । पश्चिमाहरुको डलर खाने नेपालका कांग्रेस र एमाले हरु को लाम मा माओवादी पनि जोडियो र संविधानमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । यसमा जनताको अभिमत लाई सरासर कुल्चने काम गरियो । राजतन्त्रसँग पनि धोकाधाडी गर्ने काम माओवादी सहितका अहिलेका दलहरुले गरे । पहिले कतै माग नभएका यस्ता मुद्धाहरु उनीहरुले पुरा गर्दा भारत र पश्चिमा दुवैको मिशन पुरा भएको थियो । नेपाल निल्ने दाउमा रहेको भारतको लागि राजतन्त्र बाधक थियो भने क्रिश्चियानिटी फैलाउन नपाएका पश्चिमाहरुलाई चाहिएको धर्मनिरपेक्षता थियो । अहिले दुवै आफ्नो यात्रामा निरन्तर अघि बढेका छन । नागरिकता विधेयक सिक्किमीकरणको लागि तयार गरिएको पूर्वाधार हो जुन पास भईसकेको छ । माओवादी ले यसको जवाफ दिन सक्छर ? कोही कार्यकर्ताले आफ्ना नेतालाई सोध्न पनि सक्दैनन । यी अक्षम्य अपराध को जवाफ जनताले दिनेछन र दिदै आएका पनि छन ।
कोशी प्रदेशको नामाकरण जे जसरी भए पनि माओवादी सहितको अभिमतमा भएको विषय थियो । माओवादी आफैले कोशीको नाममा भोट हालेका हुन जब पहिचानबादीहरुको जुलुसमा भिड देखे तब आफ्नो फैसलाबाट पछि हटेको सन्देश जारी गरर्यो । यो ताक परे तिवारी नत्र गोतामे को पारामा चल्ने नेतृत्वमा विश्वास कस्ले गर्ने ? किन गर्ने ? यो एक हिसावले विचलित मानशिकताले ग्रस्त गुट बनिसकेको संकेत पनि हो । उसले नागरिता विधेयक , एमसीसी हुदै नामाकरणमा पनि दोक्ला चरित्र नै प्रर्दशन गरेको छ । भारत भ्रमणमा राष्ट्रिय कयौ मुद्धामा चु सम्म नबोल्नु को मतलब अरु के हो त ?
एक पटक बाम एकता असफल भएर एमाले माओवादी विच भईरहेको तिक्तता मेटाउने अवसर प्रचण्डलाई आएको थियो । भविश्यमा सदभाव बढदै जादा ओली प्रचण्ड पछि को नेतृत्वले पुन एकिकरण गर्न सक्थ्यो तर प्रचण्डले त्यो दुरदृष्टि राख्न सकेनन उनलाई एमालेले प्रम बनायो तर उनले कांग्रेसमा लगेर राष्ट्रपति बुझाए । यो उनको राजनिती विश्वास गुमाउने अर्को अक्षम्य अपराध थियो । प्रचण्ड माथि अब एमाले ले कहिल्यै विश्वास नगर्ने अवस्था आउनु भनेको नेपालका बामपन्थीहरु बीच एकता हुने बातावरण सदाका लागि अन्त्य हुनु पनि हो । यो बाम आन्दोलनका लागि अपुरणीय क्षति हो ।
रसियाले नेपालका लागि ल्याएका विकाशका परियोजना प्रस्तावहरु लाई बेवास्ता गर्नु , चिनको विआरआई लाई कार्यान्वाईन गर्न चासो नदेखाउनु अमेरिका र भारतको स्तुती शिवाय के हुन सक्छ ? ललिता निवास होस वा सुन काण्ड वा शरणार्थी प्रकरण कुनै पनि टुंगोमा नपुग्ने निश्चित छ । सत्ता जोगाउन जे पनि तयार हुने प्रचण्ड पथ भनेको यहि हो ? यी सवै को हिसाव मुलुकले एकदिन उनीसँग माग्ने छ । माओवादी क्षयीकरणबाट अहिले एउटा मोर्चा बनाएर बसेको छ र यो मोर्चा मा रहेका सवै जसो दलहरु राजनैतिक रुपमा ओरालो लागेका शक्तिहरु हुन । आगामी निर्वाचनमा पुन यहि मोर्चा देखाएर कांग्रेससँग बार्गेनिंग गर्ने मुडमा प्रचण्ड छन तर त्यसबेला भने यो सोच काम लाग्दैन । कांग्रेसले सधै आफ्नो गाँस काटेर प्रचण्डलाई पोस्ने अवस्था छैन ।
पछिल्ला दिनहरु मा माओवादी झनै खस्किएको छ । प्रचण्ड पछि का सवै नेताहरु भ्रष्टचार, बेईमानी, बेभिचारी, तस्करीमा जोडिएर दुंगदुंक्ति गनाएका छन । उनीहरुको जनता समक्ष मत माग्ने कुनै नैतिक तागत छैन । बर्षमान पुन, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, शक्ति बस्नेत लगायत दोश्रो पुस्ताका आधा नेताहरुको कनेक्सन अभिजात्य बर्ग, व्यापारी, तस्करी र भ्रष्टचारीसँग छ । यस्तो अवस्थामा माओवादी लाई सोडा पानी ले नुहाएर शुद्ध बनाउने प्रचण्ड विधान लाई कस्ले बुझि दिने ? मुख्य कुरा त उनी आफै परिवारबादको घेरामा छन, महाराजाको जस्तो जिन्दगी जिउने नेता बनेका छन । अब माओवादी लाई चिरफार गरेर सफाई गरे पनि शुद्ध हुने अवस्थामा छैन । त्यहाँ भित्र को बिकृत चेहराहरुमा नमेटिने दाग लागेको छ । प्रचण्डले रोए पनि कराए पनि माओवादी शुद्धिकरण असम्भव देखिन्छ । नेता र तिनका छोराछारी छोटे राज कुमार राज कुमारी भएर निस्के पछि सुधार कहाँबाट आउँछ ?