Friday 23rd May 2025

आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाइँदै


प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ।


सम्बन्धित शीर्षकहरु

महानायक राजेश हमाल अभिनित चलचित्र ८ बर्ष पछि दर्शकले हेर्न पाउने भएका छन महानायक हमालको कमब्याक चलचित्र "नरसिंहा अवतार" शुक्रबार…

विश्वभरी संजाल फिजाएर नेपाली र नेपाली संघसस्थाको छाता संगठन बनिरहेको गैर आवाशीय नेपाली संघ अर्थात एनआरएनएको पछिल्लो एकता महाधिबेशन पनि…

लुलु हाइपरमार्केटले कुवेतभरि ग्ल्यामरको उत्सव‘सौन्दर्यको संसार’ अनावरण गर्‍यो । सौन्दर्य, सुन्दरता र आत्म-हेरचाहको चम्किलो उत्सवमा, लुलु हाइपरमार्केटले मे २१ देखि…

प्रतिकृयाहरू
...