Saturday 3rd October 2026

त्रिशूलीमा बस दुर्घटना : ९ जनाको मृत्यु, उद्दार जारी


काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा  ९ जनाको मृत्यु भएको छ भने ८ जना बढी घाइतेको उद्दार गरिएको छ।

घटनास्थलमा खटिएका  अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको  हो। जस अनुशार दुर्घटनास्थलबाट घाइतेको उद्दार र शव संकलन कार्य जारी छ। घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ।’

म्याग्दी कोरला यातयातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...