Saturday 3rd October 2026

भारतले चन्द्र यान–३ मिसन आज साँझ चन्द्रमामा अवतरण गराउँदै


भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ई सरो) को महत्त्वाकाङ्क्षी तेस्रो चन्द्र अभियान बुधवार साँझ चन्द्र यान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ।

यदि यसो भयो भने भारत पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले बुधवार साँझ ६ः४५ मा चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र नजिक सफ्ट ल्यान्डिङ गर्ने अपेक्षा गरिएको छ ।

चन्द्र यान–३ मिसन चन्द्रमामा अवतरण गर्न र चार वर्षमा ई सरोको दोस्रो प्रयासमा रोबोट लुनार रोभर अवतरण गर्न सफल भयो भने भारत अमेरिका, चीन र पूर्व सोभियत पछि चन्द्रमाको सतहमा सफ्ट ल्यान्ड गर्ने विश्वको पहिलो बन्ने छ भने देशहरूको हकमा भारत चौथो देश बन्नेछ।
अमेरिका, पूर्व सोभियत सङ्घ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भने भएको छैन। जो आज भारतले गर्दै छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...