Friday 24th May 2024

भारतले चन्द्र यान–३ मिसन आज साँझ चन्द्रमामा अवतरण गराउँदै


भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ई सरो) को महत्त्वाकाङ्क्षी तेस्रो चन्द्र अभियान बुधवार साँझ चन्द्र यान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ।

यदि यसो भयो भने भारत पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले बुधवार साँझ ६ः४५ मा चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र नजिक सफ्ट ल्यान्डिङ गर्ने अपेक्षा गरिएको छ ।

चन्द्र यान–३ मिसन चन्द्रमामा अवतरण गर्न र चार वर्षमा ई सरोको दोस्रो प्रयासमा रोबोट लुनार रोभर अवतरण गर्न सफल भयो भने भारत अमेरिका, चीन र पूर्व सोभियत पछि चन्द्रमाको सतहमा सफ्ट ल्यान्ड गर्ने विश्वको पहिलो बन्ने छ भने देशहरूको हकमा भारत चौथो देश बन्नेछ।
अमेरिका, पूर्व सोभियत सङ्घ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भने भएको छैन। जो आज भारतले गर्दै छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड…

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई…

प्रतिकृयाहरू
...