Thursday 8th January 2026

रूसले ४७ वर्षपछि चन्द्रमाका लागि पठाएको यान दुर्घटनामा


एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ।

समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो।

सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो।

यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति बनाइएको छ।

तत्कालीन सोभियत युनियन रूसले सन् १९७६ मा चन्द्रमामा यानको सफल  अवतरण गरेको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान पठाउन सकेका छैनन्।

भारतले सोही क्षेत्रका लागि पठाएको चन्द्रयान-३ केही दिनमै त्यहाँ अवतरण हुने अपेक्षा गरिएको छ।

रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ।

समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो।

सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो।

यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति बनाइएको छ।

तत्कालीन सोभियत युनियन रूसले सन् १९७६ मा चन्द्रमामा यानको सफल  अवतरण गरेको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान पठाउन सकेका छैनन्।

भारतले सोही क्षेत्रका लागि पठाएको चन्द्रयान-३ केही दिनमै त्यहाँ अवतरण हुने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

प्रतिकृयाहरू
...