Saturday 28th March 2026

रूसले ४७ वर्षपछि चन्द्रमाका लागि पठाएको यान दुर्घटनामा

एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ।

समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो।

सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो।

यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति बनाइएको छ।

तत्कालीन सोभियत युनियन रूसले सन् १९७६ मा चन्द्रमामा यानको सफल  अवतरण गरेको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान पठाउन सकेका छैनन्।

भारतले सोही क्षेत्रका लागि पठाएको चन्द्रयान-३ केही दिनमै त्यहाँ अवतरण हुने अपेक्षा गरिएको छ।

रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ।

समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो।

सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो।

यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति बनाइएको छ।

तत्कालीन सोभियत युनियन रूसले सन् १९७६ मा चन्द्रमामा यानको सफल  अवतरण गरेको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान पठाउन सकेका छैनन्।

भारतले सोही क्षेत्रका लागि पठाएको चन्द्रयान-३ केही दिनमै त्यहाँ अवतरण हुने अपेक्षा गरिएको छ।

सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...