Friday 27th March 2026

उपत्यकामै छापिएको ५२ लाख ७५ हजार नेपाली नक्कली रूपैयाँ बरामद


एजेन्सी – काठमाणाैं उपत्यका मै ५२ लाख ७५ हजार नेपाली नक्कली रूपैयाँ बरामद भएको छ । बिहिबार काठमाडौँको नागढुंगामा लु.१ प। ५ नम्बरको बस चेकजाँच गर्दा चाउचाउको काटुर्नमा ३५ लाख ७३ हजार नेपाली नक्कली रुपैयाँ भेटिएको थियो भने फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल भएको हो भने सो परिमाणमा नक्कली रूपैयाँ बरामद भएको हो ।

बुटवलबाट अपरिचित मानिसले ‘अचार हो, काठमाडौँ लगिदिनु’ भनेर पठाएको बस चालकको बयानका आधारमा प्रहरीले अनुसन्धान गर्दा नक्कली रुपैयाँ भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँमा छापेर गिरोहले बुटवल पठाएको पत्ता लगाएको हो । काठमाडौँको नागढुंगामा चेकजाँचका क्रममा फेला परेको सो रुपैयाँ काठमाणाैंबाट बुटवल पुर्याइ बुटवलबाट ‘फिर्ता’ आएको थाहा भएको छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार ‘कमजोर गुणस्तर भयो’ भन्दै बुटवलबाट सो नगद काठमाडौँ फिर्ता गरिएको थियो । फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीकाअनुसार नोट कारोबारमा संलग्न ९ जना पक्राउ परेका छन् । नक्कली नोट कारोबार गर्ने मुख्य आरोपित अर्जुन सुवेदी हुन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भएका सुवेदीले यसअघि ७ पटक ठगी, आपराधिक लाभ र बैंकिङ कसुरमा सजाय भोगेको प्रहरीको रेकर्डबाट देखिएको छ ।

नक्कली नोटबारे प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर रामप्रसाद सापकोटा नेतृत्वको टिमले अनुसन्धान गरेको थियो । नोट कारोबारमा संलग्न आरोपमा पर्नेमा सिन्धुपाल्चोक घर भएका अर्जुन सुवेदी, सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापा घर भएका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासी घर भएकी पार्वती नेपाली छन् ।

नोट छाप्ने समूहले १ लाख सक्कली रुपैयाँ लिएर ३ लाख नक्कली रुपैयाँ बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार भारतमा पनि नेपाली नक्कली रुपैयाँ पठाउने गरिन्थ्यो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...