Saturday 8th November 2025

नेपाली दूतावास कुवेतकाे बाहिर पासपोर्ट नविकरण अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति?


कुवेत- पछिल्लो समय कुवेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ । नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ । कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नविकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ । पछिल्लो समय पासपोर्ट नविकरण गर्नको लागि अनलाइनमा केही समस्या आएकाे छ भनेर दूतावासले स्वीकार गरेपनि समस्याको समाधान भने भएको छैन।

दैनिकरुपमा नेपाली दूतावास कुवेतमा पासपोर्ट नवीकरण गर्न अनलाइन फारम भर्न जानेको भिड देखिन्छ । राहदानी नविकरणको लागि अनलाइन फारम भर्न हामीलाई सम्पर्क गर्नुहोस् भनेर सामाजिक सञ्जालमा थुप्रै सूचनाहरु देखिन्छ । केही सिमित व्यक्तिहरुले फ्रिमा सेवा दिएकाे पनि देखेकाे छौं तर नेपाली दूतावास कुवेतको गेटैमा बसेर अनलाइन फारम भरे बापत् ५ के डि देखि १० के डी सम्म लिएकाे जनगुनासो आएपछि हामी स्थलगत निरिक्षण गर्न दुतावास पुग्यौं ।

दूतावास बाहिर गेटकै नजिक पुगेपछि एक दुई जना अपरिचित व्यक्तिलाई मेरो पासपोर्ट नविकरण गराउनु थियो, कसरी भर्ने हाेला? भनेर सोध्दा,एकजना अपरिचित व्यक्तिले भने सुरक्षा गार्ड बस्ने ठाउँ नजिकै टेबल छ। त्यहाँ गएर कुरा गर्नुु पासपोर्ट नविकरण अनलाइन भरिदिने व्यवस्था हुन्छ भन्ने कुरा गरे । नभन्दै सेक्युरिटी गार्डको नजिकै एउटा टेबुल राखेर सेवा दिन बसेका रहेछन् ।

बाहिरको यो गतिविधि देखेपछि पैसा लेनदेन हुने प्रष्ट देखियो । एक जना सँग ५ देखि १० केडी सम्म लिने रहेछन् । त्यसपछि एकजना पासपोर्ट नविकरण गर्न आएका सेवाग्राहीलाई सोधेका थियौं । तपाइको अनलाइन फारम भर्नु भयो भनेर सोध्दा सेवाग्राहीले जवाफ दिए मेरो काम भयाे भनेर हतार हतारमा आफ्नो बाटो लागे ।

के कुवेतमा भएको समाजसेवा यहि हाे त? एउटा अनलाइन फारम भर्दा समेत नेपालीहरुलाई ठग्ने अनि समाजसेवा रे ! याे कहिलेसम्म त? यस्ता गतिविधि गर्नेलाई नेपाली दूतावास कुवेतले कारवाही नै गर्नुपर्ने हुन्छ । याे घटनाकाे बारेमा नेपाली दुतावास कुवेतका कार्यवहाक राजदूत सुजनी रानालाई त्यतिखेर नै जानकारी गराइयो । कार्यवहाक राजदूतले दूतावासको बाहिर यस्ता गतिविधि गर्न नदिने र पासपोर्ट नविकरणमा कुनै समस्या भए दूतावासको कर्मचारीसँग सिधै सम्पर्क गर्न अनुरोध गरिएको छ ।

-पत्रकार हरि बानियाको स्थलगत रिपोर्ट जस्ताको तस्तै ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...