Wednesday 17th December 2025

त्रिभुवन विमानस्थलबाट भन्सार जाँच पास भइ बाहिर आएको ८० किलो सुन बरामद


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ राजस्व अनुसन्धान विभागले गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद भएको छ। विशेष सूचनाका आधारमा विमानस्थलबाट पास भएर बाहिर ल्याइसकिएको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ।

अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले सुन नियन्त्रणमा लिएको हो। राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। विमानस्थलबाट पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजाने क्रममा बरामद भएको थियो।

सुन हङकङबाट आएको जहाजमा आएको खुलेको छ।

अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्टस घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टसमा सुन पनि जोडेर ल्याएको बुझिएको छ ।

सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो । अहिले भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...