Friday 27th March 2026

मिटरब्याज सम्बन्धी विधेयक पारित गर्ने प्रकृयामा


प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी विधेयक आइतबार नै पारित गर्ने प्रकृयामा गएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएपछि प्रकृया अघि बढेको हो ।

मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० मा पारित गरिसक्नुपर्नेमा संसद् अवरोधका कारण उक्त दिन संसदले काम गर्न सकेको थिएन ।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । त्यसअघि संशोधनहरूमाथि दफावार छलफल सदनमा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...