Friday 16th January 2026

यस वर्ष ११ खर्ब १२ अर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो


वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स गतवर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ । गत साउनदेखि जेठसम्मको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स भित्रिएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो ।

नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिटेन्स बढेको देखिएको छ। यस वर्ष गत वर्षको सोही अवधिको तुलनामा २२.७ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यो अवधिमा रेमिटेन्स ४.१ प्रतिशतले मात्रै बढेको थियो।

त्यस्तै, अमेरिकी डलरमा रेमिटेन्स १३ प्रतिशतले बढेर आठ अर्ब ५१ करोड पुगेको छ। यसै अवधिमा गत वर्ष १.८ प्रतिशतले मात्रै बढेको थियो।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...