Tuesday 7th May 2024

साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु


तीतोपाटी डटकम-जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ।

घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन्।

रोयटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घटनामा घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ।

-बिबिसीबाट साभार


सम्बन्धित शीर्षकहरु

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

धर्म हो पैसा मर्म हो पैसा देखेर हुन्न कर्म हो पैसा जवानी पैसा दिवानी पैसा मर्दको लागि शिवानी पैसा सेवा…

प्रतिकृयाहरू
...