Saturday 7th March 2026

जब खाँणले हात जोडेर आफ्नो विपक्षमा वहस नगर्न आग्रह गरे


अधिवक्ता-स्वागत नेपाल

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको आरोपमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गरायो। जिल्ला अदालतका न्यायाधिश उत्तम सिलवालको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस सुरु भयो। खाँडका पक्षमा धरै अधिवक्ताले वहस गरे। उनलाई हाजिरी जमानीमा छोड्न उनीहरुले माग गरे। यही भीडमा अधिवक्ता स्वागत नेपाल पनि देखिए।

उनी बहसका लागि समय माग्न खोजिरहेको देखेपछि खाँड र उनका कानुन ब्यवसायी आश्चर्यमा परे। किनकी नेपाल उनको पक्षमा नभई विपक्षमा वहस गर्न खोजिरहेका थिए। त्यसपछि खाँडले हात जोडेर आफ्नो विपक्षमा वहस नगर्न आग्रह गरे तर नेपालले उनको आग्रहलाई स्विकार गरेनन्। उनले ‘कसैको विपक्षमा नभई पीडितको पक्षमा बहस गर्न लागेको’ भन्दै जवाफ फर्काए। त्यसपछि पनि खाँडले नेपाललाई ‘तपाईं नबोल्दिनुहोस्’ भन्दै आग्रह गरिरहे। त्यसपछि केही समय नेपाल रोकिए तर सबैको बहस सकिएपछि उनले आफ्ना कुरा राखे ।
उनले ठगी मुद्दामा पक्राउ परेका दुईजना रामशरण केसी र गोविन्दकुमार चौधरी हत्कडीसहित बाहिर उभिँदा पूर्व गृहमन्त्रीलाई ससम्मान इजलासमा किन राखिएको भन्दै प्रश्न उठाए। ‘नक्कली भुटानी बनेर भैंसी र जग्गा बेचेर, ऋण खोजेर यी राजनीति गर्ने र प्रशासन चलाउनेलाई घुस खुवाएर जसरी पनि विदेश जान बाध्य यी दुई युवा बाहिर छन् । यिनको पक्षमा बोल्ने यहाँ कोही छैन।’–उनले भने। राजनीति गर्नेहरूले नेपालीलाई नक्कली भुटानी बनाएर बेचिरहेको बताए । उनले थपे–‘हामीलाई नेपालीको रूपमा बेच्ने कि नक्कली भुटानी बनाएर बेच्ने भन्ने मात्रै यिनको प्रश्न हो ।’ उनको बहसपछि पूर्वमन्त्री खाँणको अनुहारमा अँध्यारो पोतियो । केही समयको वहसपछि अदालतले खाँणलाई तीन दिन हिरासतमा राख्ने अनुमति दियो। प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखेको छ। (साभार नेपाल आज)


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...