Wednesday 14th October 2026

अवैध कार्यमा संलग्न आप्रवासीप्रति कुवेत सरकार झनै आक्रामक


तीतोपाटी- कुवेतको अध्यायगमन विभागले गैरकानुनीरुपमा बस्दै आएका वा अवैध कार्यमा संलग्न आप्रवासी कामदारहरुलाई हालसम्म ठुलो संख्यामा पक्राउ गरेको छ। विभागले सरकारको मातहत रहेका विभिन्न निकायको सहयोगमा कुवेतको विभिन्न शहरमा प्रहरी परिचालन गरी गत एकवर्ष देखि नै उक्त धरपकड अभियान सुरु गरेको हो।

देशभर गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेपनि उक्त पक्राउ अभियानमा के कति नेपाली पक्राउ परेका छन भन्ने कुरा अहिलेसम्म पुष्टी भएको छैन।

कुवेत सरकारले सुरु गरेको यो अभियान केहि समयको नभएर यो निरन्तर जारी रहने अभियान हो । कुवेतमा शुन्य गैरकानुनी कामदार नबनाएसम्म उक्त अभियान जारी रहने कुवेतका उपप्रधानमन्त्री, गृहमन्त्री र कार्यवाहक रक्षामन्त्री शेख तलाल अल-खालेदले बताएका छन।

कुवेत सरकारले गैरकानुनी आप्रवासीविरुद्ध विभिन्न निकायलाई परिचालन गरेको छ। उक्त निकायमा, अध्यागमन, प्रहरी, स्वयंसेवी निकाय, नागरिक प्रतिरक्षा, राष्ट्रिय अभिलेख, मानव बेचबिखनविरुद्धको इकाई र मदिरा, लागूऔषधविरुद्धको निकाय परिचालन गरेको छ ।

उपप्रधानमन्त्रीका अनुसार कुवेतमा जारी मानव तस्करीमा सरकारको नजर रहेको बताए । सरकारले अन्तराष्ट्रिय कानुन अनुसार नै त्यसविरुद्ध कारवाही गर्ने बताउदै गैरकानुनीरुपमा कुवेतमा बस्ने सबैलाई अध्यागमन र मानव बेचबिखन कानुन उलंघन गरेको आरोपमा कारवाही गरिनेछ । यस अन्तर्गत पक्राउ गर्ने, मुद्धा चलाउने र देशबाट निकाला गर्ने प्रावधान रहेको छ । कुवेतमा करिव ६० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको छ भने त्यसमध्ये करिव एक हजारको संख्यामा रहेका कामदार गैरकानुनी रहेको अनुमान छ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...