Saturday 12th September 2026

फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत सार्वजनिक


फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ।

गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ। गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान देख्न सकिन्छ। भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ।

जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्स र निरेम प्रोडक्स कुवेत न संयुक्त व्यानरमा निर्मित फिल्ममा रिस्मा, गौरवसँगै याङ्की योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ।

अर्विन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा रुपेनको सम्पादन, निक गोलेको मुख्य सहायक निर्देशन, फुप सोनाम भुटियाको कलर, चञ्चल थापाको छायांकन छ। फिल्ममा एनी राई लामा, जिग्मी लामा, नेवल लामाको लगानी छ। फिल्ममा सिक्किमका रोविन गुरुङ र दार्जिलिङका शिखर थापा क्षेत्री र अलिसा क्षेत्री लाइन प्रोड्युसर छन् भने अर्विन्दराज गुरुङ(अर्विन्द राज प्रोडक्सन), विवेक लामा(गोल्डेन आवर फिल्मस्) र निरेम प्रोडक्सन कुवेत सह निर्माता छन्।

भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोसः
क्रस रोड्स-कथा तिम्रो र मेरो


सम्बन्धित शीर्षकहरु

मलेसियामा बस्दै आएका रोहिङ्ग्या शरणार्थीहरू विरुद्ध सामाजिक सञ्जालमा घृणायुक्त सन्देश र गलत सूचना फैलिन थालेपछि उनीहरूको अवस्था झन् कठिन बनेको…

साउदी अरबको महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन प्रणाली माथि बिहीबार ड्रोन आक्रमण भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणपछि सुरक्षा सावधानीस्वरूप…

चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनको भारत भ्रमण सात…

प्रतिकृयाहरू
...