Friday 31st July 2026

कुवेतमा तीन किराँती संस्थाहरूले संयुक्तरूपमा उभौली मनाउने


कुवेतमा कृयाशिल ३ किराँती संस्थाहरूले साकेला उभाैली संयुक्त रूपमा मनाउने भएका छन् । विगत ६ वर्षदेखि नियमित संयुक्त रूपमा उभाैली मनाउँदै अाएका संस्थाहरु किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतले यस वर्ष यहि मै ५ तारिक २०२३ का दिन उभाैली मनाउने भएका हुन।

“भाषा,संस्कार, सस्कृतिको संरक्षण, किराँतीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातिहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ६ वर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरु किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली साकेला, यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८३ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा उभौली कार्यक्रम मनाउन जोडतोडका साथ तयारी शुरू गरिसकेका छन् ।

कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराँती,गैर किराँती नेपाली दाजुभाई तथा दिदीबहिनी कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्नुहुने सस्थाका अध्यक्ष/ प्रतिनिधि पत्रकार, कुवेतका बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकार सबैमा उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन हुन साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनु हुन समेत आयोजकले सवैमा अनुरोध गरेका छन् ।

उभाैली कार्यक्रमको विवरणः
स्थान- मेमोराइज हल मंगाफ -०४ ईसारा २४, घर न.१२ ।
मिति – ५ मे २०२३ ।
समय-बिहान १०.०० बजे बिहानदेखि ।

आयोजक
किराँत राई यायोक्खा कुवेत
किराँत याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

प्रतिकृयाहरू
...