Tuesday 20th January 2026

अल मुजैनी एक्सचेन्ज कुवेतको Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित


तीतोपाटी – अल मुजैनी एक्सचेन्ज कुवेत कुवेतको वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित भएको छ । कुवेत विजनेस ट्यालोइडले सो अवार्डबाट अल मुजैनी एक्सचेन्जलाइ सम्मानित गरेको हो । अलमुजैनी एक्सचेन्जले वर्ष २०२२ भरि प्रदान गरेको उत्कृष्ट रेमिट्यान्स सेवाको लागि कुवेत वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मान गरेको जनाइएको छ ।

अलमुजैनी एक्सचेन्ज कुवेतको पुरानो तथा उत्कृष्ट कम्पनी मानिन्छ । विदेशी मुद्रा स्थानान्तरणको क्षेत्रमा सबैभन्दा बढि कारोबार गर्न सफल अल मुजैनी एक्सचेन्जले अाफ्ना १२६ भन्दा बढि शाखाहरू तथा २५ भन्दा बढि सेल्फ सर्भिस मेसिनहरूमार्फत सेवाग्राहीहरूलाइ सेवा दिदै अाएको छ ।

यो अवार्ड प्राप्त गरेपछि अल मुजैनी एक्सचेन्जका महाप्रवन्धक ह्युज फर्नान्डिजले प्रतिकृया दिंदै अल मुजैनी एक्सचेन्ज कुवेतको नम्बर १ एक्सचेन्ज कम्पनी भएको यो अवार्डले नै प्रमाणित गर्दछ भने । सन १९४२ देखि एक्सचेन्ज सेवा प्रदान गर्दै अाएको अल मुजैनी एक्सचेन्जले सेवाग्राहीलाइ प्रदान गरेको गुणस्तरीय सेवाको प्रतिफल स्वरूप यस प्रकारको सम्मान प्राप्त गर्दै अाएको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...