Friday 30th October 2026

गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा अल मुजैनी कप भलिबल प्रतियोगिता शुक्रबार हुदै


गोर्खा स्पोर्टिङ क्लव कुवेतद्वारा अन्तर नेपाली खुला अल मुजैनी कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो  शुक्रबार माबुल्ला स्थित भलिबल प्राङ्गणमा सो प्रतियोगिता आयोजना हुन लागेको  प्रतियोगिताको अलमुजैनी एक्सचेन्जले स्पोन्सर गर्ने भएको छ  । हाला फेब्रुअरी अर्थात फेब्रुअरी २५  र २६  तारिख  कुवेतको राष्ट्रिय दिवस र लिबेरेसन डेको अवसरमा सार्वजनिक बिदा हुने हुँदा बिदाको समयलाइ नेपालीहरुको खेलकुद बिकास र खेलाडीहरुलाई  हौशला  प्रदान गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएकोछ ।

कार्यक्रममा प्रथम पुरस्कारमा २५०/- केडि ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरसकारमा १५०/- केडि ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कारमा ७५/- केडि ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ। यश कार्यक्रमको स्पोन्सर अल मुजैनी एक्स्चेन्जले गरेको छ।

खेलमा १२ टिम समावेश भएका छन भने खेल बिहान ७:३० बजेदेखी सुरु हुनेछ। गोर्खा स्पोर्टिङ क्लवले कार्यक्रमको सम्पुर्ण तयारी सकिएको जानकारी गराउँदै कुवेतमा स्थापित विभिन्न संघ संस्थाहरु, पत्रकार बन्धुहरु, खेलप्रेमी साथिहरु, तथा सबै नेपालिहरुलाइ उपस्थित भइ खेलको मज्जा लिन अनुरोध गरेका छन।

खेल तालिका हेर्नुहोस 


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...