Saturday 27th July 2024

राज्यदेखी निराश युवाहरू देश छोड्न चाहन्छन्


गुलाम नबी मन्सुर, तीतोपाटी – नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ । युवामा निराशा छाएको छ र सरकारी नीतिहरु असफल भइरहेका छन् ।

लामो समयदेखी म आफु कुवेत कार्यरत हुदै गर्दा बिगतको भन्दा अहिले धेरै युवाको सरकारप्रति ठुलो असंतुष्टि देखापरेको पाइएको छ। कुवेतमैं कार्यरत एकजना नेपाली केही महिना अघि कुवेत आउनु भएको रहेछ यदी कुरो गर्दै जादा सानो भए पनि केही वर्षदेखी व्यापार गरिरहेको बताए नवलपरासी घर बताएका ती व्यक्तिले  सडक छेउका स्टलहरूमा पकाैडा र यस्तै अन्य चीजहरू बेचेर आफ्नो जीविका पार्जन गर्ने गरेको बताए । त्यसपछि कोरोनाभाइरस महामारी आयो र उनको व्यापार ध्वस्त भयो जसका कारण अहिले उनी कुवेत आएका छन्।

आफ्नो व्यवसाय बन्द भएपछि ३४ वर्षीय यी युवा केही महिना पहिला कुवेत आएका हुन । त्यसो त उनले अन्य देश जानको लागी पनि भिसा प्रोसेस गरेका थिए तर उनले एक जना सल्लाहकारलाई भेटे जसले उनलाई कुवेतको लागि कामको भिसा दिने वाचा गरिरहेका थिए। उनीसँगै छिमेकी पनि थिए, जो स्नातक हुन् तर उनको सर्टिफिकेटले उनलाई जागिर दिन सकेन।

युवा भन्छन्, स्वदेशमा हाम्रो लागि कुनै जागिर नभएपछी परदेश जानुपर्ने बाध्यता छ।सुरुमा जुनसुकै काम पाए पनि कुवेतमा जान पाउनेमा ढुक्क थियो।

नेपालको आर्थिक वृद्धिले पहिलेजस्तो रोजगारी सिर्जना गर्न नसकेकोले स्थिति झनै खराब छ । जसका कारण युवाहरु निराश भई आफ्नो शिक्षा र सीप विपरित मामूली काम गर्न बाध्य छन् । जो सक्षम छन्, उनीहरू विदेश पलायन भइरहेका छन। नेपालमा रहेका समसामयिक विश्लेषणहरुको कुरा सुन्ने हो भने बेरोजगारी दरको तथ्याङ्कले देखाएको भन्दा अवस्था धेरै खराब रहेको छ। बेरोजगारी दरले मात्र देखाउँछ कि कति जना सक्रिय रूपमा जागिर खोजिरहेका छन् र पाउन सक्दैनन।

आलोचकहरूका अनुसार राज्यले युवाहरूलाई रोजगारी दिने ठूला ठुला आश्वासन दिए तर सत्तामा आएपछि नेपालका वर्तमान सरकार र यस अघिका सरकारको सबैभन्दा ठूलो असफलता भनेको युवाहरूलाई रोजगारी दिन नसक्नु र बढ़दो बेरोजगार देखिएको र युवाहरु निराशा भएको बताउन्छन। चुनावअघि संसदमा होस वा भोट माग्ने क्रममा नेताहरुले रोजगारी सिर्जना र युवालाई रोजगारी पाउन सक्षम बनाउने हाम्रो सरकारको प्राथमिकता रहेको बताउने गर्दछन र  दलहरूले आफ्नो बनाउनको लागी चुनावमा रोजगारीको बिग्रिएको अवस्थाको फाइदा उठाउन खोजिरहेका हुन्छन।

देशमा कुनै जागिर छैन, हरेक युवा विदेश जानुपर्ने बाध्यता छ। आफ्ना छोराछोरी विदेश धन कमाउन जानु पर्छ भन्ने निराशा अभिभावकहरूमा देखिएको हुन्छ। नेताहरुको काम भनेको बाँचा गर्ने मात्रै हो जसले रोजगारीको अवसर सृजना गर्न सक्दैन उसैले भन्ने गर्छ म तपाईंलाई बाँचा गर्छु कि हमीलाई जिताउनुहोस अबको पाँच वर्ष भित्र ती युवाहरुलाई देश फर्काउने छु किनभने अब युवाहरुका लागि यहाँ धेरै अवसरहरूका ढोका खुल्ला हुनेछन। यी नेताहरुको भाषण सुन्दा सुन्दै उमेर पनि ४० पुग्न थालेछ। व्यवस्था कैयन पटक फेरबदल भए तर अवस्था झन गम्भीर हुदै गएको छ।

यसरी अहिले युवाहरु भित्रबाट विचलित, निराश र दुःखी बन्दै गएका छन् । यो हाम्रो देश र देशको भविष्यको लागी घातक हुन सक्छ, अपत्यारिलो तरीकाले भत्किरहेको युवाहरुको मनलाई, सरकारले जोड्ने प्रयास गरोस।


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...