Monday 19th January 2026

सिभिल आइडी होम डेलिभरी सेवा बन्द


तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी सेवा बन्द गरेको छ।

ठेक्का नवीकरणको लागि अन्तिम अनुरोध जुलाई २८, २०२१ मा राज्य लेखापरीक्षण ब्यूरोमा पेशगरिएको थियो।

जबकी सिभिल आइडी डेलिभेरीको लागी उक्त कम्पनीले २ केडी शुल्क लिने गरेको थियो उक्त २ केडीमध्ये ( PACI) ले नागरिक परिचयपत्र धारकहरूबाट .६५० फिल्स प्राप्त गर्ने बताइएको छ भने बाँकी रकम डेलिभरी कम्पले लिने गरेको , अल काबास रिपोर्टले (PACI) लाई उद्धत गर्दै जनाएकोछ।

कोरोनाकालको समय देखी सुचारु उक्त कार्य निरन्तर २०२२ सम्म जारी रहेको थियो। त्यस्तै लेखापरीक्षण ब्यूरोको प्रतिवेदनका अनुसार सन् २०२१ को जुलाईमा उक्त सम्झौता सकिए पनि कम्पनीले २०२२  सम्म निरन्तर सेवा प्रदान जारी राखेको बताए संगै प्राधिकरणले यसै महिना उक्त सेवा बन्द गरेको छ । निजामती सूचना सार्वजनिक प्राधिकरणले घरेलु कामदार, नागरिक र सरकारी मन्त्रालयमा कार्यरत आप्रवासी नागरिकका लागि कार्ड जारी गर्ने कार्यलाई तीव्रता दिएको थियो । निजी कम्पनीका कामदार, आश्रित बसोबासका लागी सिभिल आइडी जारी गर्नमा भएको ढिलाइ अझै केही महीनासम्म जारी रहने बताइएको छ । सिभिल कार्ड पाउन ढिलाइ हुँदा कुवेती नागरिक तथा आप्रवासीहरुमा गुनासो बढेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...